खजुरामा आजदेखी अन्तर विद्यालय तेस्रो मेयर रनिङ शिल्ड प्रतियोगिता

खजुरा गाउँपालिका शिक्षा समितिको आयोजनामा आजदेखी अन्तर विद्यालय तेस्रो मेयर रनिङ शिल्ड प्रतियोगिता हुँदैछ ।

जनकल्याण मावी बद्रीपुरको संचालन र व्यवस्थापनमा हुने प्रतियोगिताको लुम्बिनी प्रदेशका सांसद बाबुराम गौतमले उदघाटन गर्ने कार्यक्रम रहेको छ । चैत १ गतेसम्म संचालन हुने प्रतियोगिताको सबै तयारी पूरा भएको जनाइएको छ ।

खजुरा क्षेत्रका संस्थागत, निजी र मदरसा गरि ६५ विद्यालयका करीब १ हजार १६ विद्यार्थीले विभिन्न ३१ खेलमार्फत प्रतिस्पर्धा गर्नेछन् ।

उदघाटन समारोहलाई भब्य बनाउन गठित विभिन्न समिति सक्रियरूपमा लागेका छन् । यसपटकदेखि खेलाडीको बीमा गरिएको सचिवालय संयोजक यम नारायण महतोले जानकारी दिए ।

प्रतिक्रिया