अनेरास्ववियु बाँके पुनर्गठनमा किचलो : संयोजक मल्लले बोलाए बैठक

नेपालगन्ज : सोमबार नेकपा (एमाले) वैठकले राष्ट्रिय युवा संघ नेपाल र अनेरास्ववियु केन्द्र, जिल्लादेखि स्थानीय तहसम्म पुनर्गठन गरे संगै अनेरास्ववियु बाँकेमा किचलो छरपस्ट देखिएको छ ।

सोमबार बैठकले टेकेन्द्र मल्लको संयोजकत्वमा १५१ सदस्यीय अनेरास्ववियु जिल्ला कमिटी पुनरगठन गरेको थियो ।

गठनको बिषयलाई लिएर अनेरास्ववियु बाँकेका संयोजक टेकेन्द्र मल्लले सोमबार गरेको पुनरगठनको बिरोध गरेका छन् ।

मल्लले आफ्नो अनुपस्थितिमा जबर्दस्त र मनोमानि ढङ्गले कमिटि घोषणा गरिएको र उक्त कमिटि बैधानिक नरहेको समेत बताएका छन् ।
संयोजक मल्लले आफ्नो सामाजिक संजालमा अनेरास्ववियु पुनरगठनको बिरोध गर्दै लेखेका छन् –

“मेरो अनुपस्थितिमा जबर्दस्त र मनोमानि ढङ्गले कमिटि घोषणा गरियो छ यो कमिटि बैधानिक छैन । अनेरास्ववियु केन्द्रिय सर्कुलर मसानघाट्मा फालि बेवास्त गरि र हालको परिभाषित जिम्मेवार पाएको कमिटि फालि नया कमिटि घोषणा गरेको कुरा आएको छ । यो बैधानिक छैन । अनेरास्ववियु ३१ सदस्य बाँके जिल्ला कमिटि छ यहि बैधानिक कमिटि हो ।सम्पुर्ण अनेरास्ववियु जिल्ला बाँके सदस्यहरु लाइ ११ बजे उपस्थितिका लागि हार्दिक अनुरोध गर्दछु।”

उता  सोमबार पुनरगठित राष्ट्रिय युवा संघ नेपालको चैत ६ गते र अनेरास्ववियूको चैत ७ गते शपथ ग्रहण तथा बैठकको मिति तय भएको छ । नेकपा एमाले बाँकेका अध्यक्ष सूर्य ढकालद्वारा जारी प्रेसनोटमा उल्लेख गरिएको थियो ।

प्रतिक्रिया