नेपालगन्ज : सोमबार नेकपा (एमाले) ओलि गुटको वैठकले राष्ट्रिय युवा संघ नेपाल र अनेरास्ववियु केन्द्र, जिल्लादेखि स्थानीय तहसम्म पुनर्गठन गरे संगै युवा संघ बाँके र अनेरास्ववियु बाँकेमा किचलो छरपस्ट देखिएको छ ।
आफुलाई थाहा नै नदिएर युवा संघ नेपाल बाँकेको जिल्ला कमिटी घोषणा भएको र उक्त कुरा आफुले सामाजिक संजाल मार्फत थाहा पाएको भन्दै संयोजक कुस्माखर बस्यालले आपत्ती प्रकट गरेका छन् ।
त्यस्तै संयोजक बस्यालले आफ्नो सल्लाह बिना गरिएको उक्त कमिटी घोषणा प्रति आफ्नो सहित २ सय जना जिल्ला कमिटि सदस्यको गम्भिर अशहमति रहेको समेत बताएका छन् ।

सामाजिक संजाल फेसबुकमा आपत्ति प्रकट गर्दै बस्यालले लेखेका छन् – “युबा संघ नेपाल जिल्ला कमिटी बाँकेको घोषणा भयो भन्ने कुरा सामाजिक संजालबाट भरखरै थाहा पाए मेरो सल्लाह बिना गरिएको यो कमिटी घोषणा प्रति मेरो गम्भिर अशहमति रहेको सबै युबा संघका मेरा प्रिय कमरेडहरुलाई जनाकारी गराउदछु । जबज जिन्दाबाद नेकपा एमाले जिन्दाबाद।”
यस अघि नै अनेरास्ववियु बाँके गठनको बिषयलाई लिएर अनेरास्ववियु बाँकेका संयोजक टेकेन्द्र मल्लले सोमबार गरेको पुनरगठनको बिरोध गरिसकेका छन् ।
मल्लले आफ्नो अनुपस्थितिमा जबर्दस्त र मनोमानि ढङ्गले कमिटि घोषणा गरिएको र उक्त कमिटि बैधानिक नरहेको समेत बताएका थिए ।











