नेपालगन्ज : आइतबार राती बर्दियाको बढैयाताल गाउपालिका वडा नं.३ स्थित दिपक सुनारको गोठबाट २ वटा खसी र बाख्रा चोरी भएको थियो ।
बाख्रा चोरी गर्ने गिरोहलाई प्रहरीले पक्राउ गरेको छ । बाख्रा चोरिमा सन्लग्न रहेको भे.१ ह ४४४३ नम्बर को अटो रिक्सामा ल्याई सोमबार साझ ५ बजेको समयमा कोहलपुर नगरपलिका वडा नं.१२ चप्परगौडी स्थित जिल्ला बाँके खजुरा गाउपालिका वडा नं.०६ बस्ने २२ बर्षका हर्ष बहादुर पोख्रेल र बर्दिया बाँसगढी न.पा वडा नं.६ बस्ने १९ बर्षका प्रदिप सुनारलाई बिशेष सूचनाको आधारमा पक्राउ गरेको थियोे ।
प्रहरी टोलीले फेला पारी खसी बाख्रा र अटो रिक्सा बरामद तथा चोरी गर्ने कार्यमा संलग्न हर्ष बहादुर पोख्रेल र प्रदिप सुनारलाई पक्राउ गरी आबश्यक कारबाहीको लागि ईलका प्रहरी कार्यालय मैनापोखर बर्दियामा पठाईएको बाँके प्रहरीले जनाएको छ ।










