अनेरास्ववियु बाँकेको जिल्ला कमिटी बिस्तार (नामावली सहित)

नेपालगन्ज : नेकपा (एमाले) निकट विद्यार्थी संगठन अनेरास्ववियु बाँकेले जिल्लाका कृयाशिल विद्यार्थीहरु समेत मोनोनित गरि जिल्ला कमिटी बिस्तार गरेको छ ।

अनेरास्ववियु बाँकेका संयोजक टेकेन्द्र मल्लको अध्यक्षता तथा अनेरास्ववियु केन्द्रिय सदस्यहरु राजेश ओली, टोपराज जैशी, देवेन्द्र बुढा र निबाश शाहीको आतिथ्यमा मंगलबार नेपालगन्जमा बसेको भेलाले अनेरास्ववियु बाँके जिल्ला कमिटी बिस्तार गरेको हो ।

ओलि समुह अनेरास्ववियुको मंगलबार बसेको बैठक तथा भेलाले अनेरास्ववियु बाँकेको १५१ सदस्यीय जिल्ला कमिटी गठन गरेको छ ।

त्यस्तै अनेरास्ववियु बाकेले स्थानिय तह कमिटी र अनेरास्ववियु क्याम्पस कमिटी सर्वसम्मतिले गठन गरिएको संयोजक टेकेन्द्र मल्लले जानकारी दिएका छन् ।

जस अनुसार अनेरास्ववियु नेपालगन्ज उपमहानगरपालिका कमिटि संयोजक तथा सह संयोजकमा क्रमश उज्ज्वल गिरि र रचना थापा, अनेरास्ववियु कोहलपुर कमिटिको कमिटिको संयोजक तथा सह संयोजकमा क्रमश अन्कित सिग्देल र दिपेश शाहि, अनेरास्ववियु खजुरा गाउँपालिका कमिटीको कमिटि संयोजक तथा सह संयोजकमा क्रमश सागर बिक र दिलराज बम, अनेरास्ववियु बैजनाथ गाउँपालिका कमिटिको संयोजक तथा सह संयोजकमा क्रमश कृष्ण चन्द ठकुरी र निर्मला जैशी, अनेरास्ववियु डुडुवा गाउँपालिका कमिटिको संयोजक तथा सह संयोजकमा क्रमश राज खत्री र सुरेश शाही ठकुरी चयन भएका छन ।

त्यस्तै जानकी गाउँपालिका कमिटिको संयोजक तथा सह संयोजकमा क्रमश नन्कौ यादव र आयुश बिक, राप्तिसोनारी गाउँपालिका कमिटीको संयोजक तथा सह संयोजकमा क्रमश सुरज गोसाई र रोशन ओलि र नरैनापुर गाउँपालिका कमिटिको संयोजकमा कुलदिप यादवलाई मनोनित गरिएको छ ।

त्यस्तै बागेश्वरी बहुमुखी क्याम्पस कमिटीको संयोजक तथा सह संयोजकमा क्रमश अमृत खत्री र सुमन जंग क्षेत्री, ज्ञानोदय कमिटीको संयोजक तथा सह संयोजकमा क्रमश प्रेम प्रसाद पौडेल र सरिता थापा मनोनित भएका छन् ।

भेलाले महेन्द्र बहुमुखी क्याम्पस नेपालगन्जको कमिटी संयोजकमा सबिना मगर, साह संयोजकमा टेकेन्द्र रावल, सचिवमा चन्द्रमणी पोखरेल, सहसचिवमा केशर जंग शाही र कोषाध्यक्षमा अपेक्षा चापागाईं मनोनित भएका छन् ।

बाँकेमा सोमबार नेकपा एमाले ओलि समूहको एक समुहले अनेरास्ववियु संगै युवा संघको पुनर्गठन गरेका थिए , उक्त पुनर्गठनको बिरोधमा बिद्यार्थी तथा युवा संघका संयोजक सहित कमिटी सदस्यहरुले चर्को बिरोध गरेका थिए  ।
हेर्नुस् आज बिस्तारित अनेरास्ववियु बाँकेको कमिटीको नामावली

प्रतिक्रिया