नेपालगन्ज : सोमबार नेकपा (एमाले) वैठकले राष्ट्रिय युवा संघ नेपाल र अनेरास्ववियु केन्द्र, जिल्लादेखि स्थानीय तहसम्म पुनर्गठन गरे संगै युवा संघ बाँके र अनेरास्ववियु बाँकेमा किचलो सतहसम्म देखिएको छ ।

ओली खेमाका एमालेले यी दुई संगठनको पुनर्गठन गरे संगै विवाद चर्किएको हो । दुबै संगठनको संयोजक नै असन्तुष्ट बनिदिदा ओली गुट भित्रैको राजनीतिक किचलो सतहमा आएको हो ।

अनेरास्ववियु बाँकेमा संयोजक टेकेन्द्र मल्ल तोकिए पनि मल्लका विद्यार्थी नेताहरु पुनर्गठन गरिएको अनेरास्ववियु बाँकेमा पर्न नसके पछि मल्लले आफ्नो सामाजिक संजालमा त्यसको बिरोध गरेर मंगलबार भेला आव्हान गरेका थिए । मल्लले आव्हान गरेको भेला मार्फत अनेरास्ववियु बाँकेको जिल्ला कमिटी बिस्तार गरेको भन्दै मंगलबार साझ बिज्ञप्ति आएको थियो ।

यता ओली निकटका युवा संघ बाँकेमा समेत किचलो सतहमा देखिएको छ । सोमबार नेकपा एमाले बाँके (ओलि समूह) को पदाधिकारीको गत फागुन २९ गते अध्यक्ष सूर्य ढकालको अध्यक्षता एवम् पार्टी केन्द्रीय सदस्य तथा सँस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री भानुभक्त ढकालको प्रमुख आतिथ्य, केन्द्रीय सदस्यद्वय देवराज भार र पुजन बिश्वकर्माको आतिथ्यमा सम्पन्न भएको बैठकले कुस्माखर बस्याल संयोजक रहेको ३३५ सदस्यीय जिल्ला कमिटी पुनर्गठन गरेको थियो ।
तर उक्त समिती आफुलाई जानकारी नै नगराई गठन गरिएको भन्दै असहमति जनाउदै संयोजक बस्यालले आपत्ति जनाएका छन् ।
सामाजिक संजालमा एकपछि अर्को गर्दै युवा संघ बाकेका पुनर्गठिन पदाधिकारीले नै आपत्ति जनाउदै सार्वजनिक रुपमा नै आफ्नो नाम समावेस गरिएको भन्दै आपत्ती जनाएका थिए ।
उता युवा संघको संयोजक समेत रहेका कुस्माखर बस्यालले सामाजिक संजालमा आफू मात्रै नभएर २ सय बढी कमिटिका सदस्यहरु पुनर्गठनको बिरुद्धमा रहेको समेत जनाएका थिए । बस्यालले अगाडी लेखेका छन्, – “आफुलाई थाहा नै नदिएर युवा संघ नेपाल बाँकेको जिल्ला कमिटी घोषणा भएको र उक्त कुरा आफुले सामाजिक संजाल मार्फत थाहा पाएको भन्दै संयोजक कुस्माखर बस्यालले आपत्ती प्रकट गरेका छन् । उक्त कमिटी घोषणा प्रति म संगै २ सय जना जिल्ला कमिटीको गम्भिर अशहमति रहेको छ।”
बाँकेमा नेकपा एमाले ओली समुहमै एक पछि अर्को राजनैतिक किचलो सतहमा आउदा बाकेमा नेपाल समुहका नेताहरु समेत समानान्तर कमिटिको व्यापक छलफलमा रहेको बुझिएको छ । ओली समुहकै युवा तथा बिद्यार्थी नेताहरु नेपाल समुहमा जाने प्रवल सम्भावना रहेको एक नेपाल समुहका नेताले बताएका छन् ।
नेपाल र ओली दुई गुटमा अगाडि बढी रहेको नेकपा एमालेमा बाँकेको हकमा ओली समूह भित्रै उप गुट सतहमा देखा परेको छ ।












