बाल विवाह रोक्न अभियान चलाउदै खजुरा


नेपालगन्ज : बाँकेको खजुरा गाउँपालिका हरेक वडालाई बाल विवाह मुक्त घोषणा गर्न आवश्यक गृहकार्य गर्न पालिका जुटिसकेको गाउँपालिका अध्यक्ष किस्मत कुमार कक्षपतिले बताउनुभएको छ ।

खजुराको वडा नम्बर ३ लाई औपचारिक रुपमा बाल विवाह मुक्त घोषणा गरिसकेकाले अब अन्य वडामा विषेश ध्यान पालिकाको रहेको प्रमुख कक्षपतिले बताउनुभयो । खजुराको ५,६,७,८ वडालाई विषेश ध्यानमा दिएर जनचेतनामुलक क्रियाकलाप गर्नपर्नेमा जोड दिनुभयो । बालविवाह रोक्नका लागी अभियान नै संचालन गरिने कक्षपतिले बताउनुभयो ।

बाल विवाह रोकथाम परियोजना अन्तर्गत बाल विवाह न्युनिकरणका लागी सेवा प्रदायकहरुसगं तिन दिने कार्यशाला गोष्ठिमा बोल्ने सहभागिहरुले बाल विवाह रोक्न सबै एकजुट हुनुपर्नेमा जोड दिएका थिए । स्याक नेपालको आयोजना तथा प्लान इन्टरनेशनल नेपालको सहयोग तथा खजुरा गाउँपालिकाको समन्वयमा भएको गोष्ठिको समापनमा बाल विवाहलाई कसैलेपनि नाई भन्नेमा प्रतिबद्धता जनाएका थिए ।

बाल विवाह एक विक्रिति भएकाले यसको रोकथाम नै समाज परिवर्तनको मुल आधार हुने भएकाले हिजो आज सामाजिक संजाल एक प्रमुख कारक बनेको गुनासो आएको थियो । खजुरामा अझैपनि उमेर नपुगि सानै उमेरमा विवाह गर्नेहरु रहेकाले यसलाई रोक लगाउन समुदाय नै सचेत बन्न आवश्यक रहेको उल्लेख गरेका छन ।

गोष्ठिमा विभिन्न धर्मगुरुहरु, पार्टि प्रतिनिधि, व्यापारी, जन प्रतिनिधि, फोटो स्टुडियोका संचालक, बाल अधिकारकर्मि, किशोरी संजालका प्रतिनिधि, शिक्षक, प्रहरी, पत्रकार लगाएतको सहभागिता रहेको स्याक नेपालका कल्पना आचार्यले जानकारी दिनुभयो ।

प्रतिक्रिया