सुनको भाउ घट्यो

काठमाण्डाै : सुनको भाउ घटेको छ । हिजो तोलामा तीन सय रुपैयाँले बढेको सुनको भाउ आज भने पाँच सय रुपैयाँले घटेको हो ।

आज तोलामा सुनको ८६ हजार ७ सय रुपैयाँ तोकिएको छ । हिजो सुनकाे भाउ ताेलामा ८७ हजार दुई सय रुपैयाँ थियो । आज चाँदीको भाउ पनि घटेको छ ।

तोलामा १५ रुपैयाँले घटेर चाँदी आज १२ सय ७५ रुपैयाँमा कारोबार भइरहेको छ । हिजो चाँदीकाे भाउ तोलाकाे १२ सय ९० रुपैयाँ रहेकाे थियो । 

प्रतिक्रिया