नेपालगन्ज : आर्थिक सम्बृद्धिका लागि साझेदारी कार्यक्रम अन्तर्गत हेफर आधारशिला तथा प्रशिक्षण प्रशिक्षक तालिम बाँकेको नेपालगन्जमा सम्पन्न भएको छ ।
कर्मचारी, कार्यसमितिका पदाधिकारीहरुलाई १० दिन सम्म प्रदान गरिएको तालिमको समापन कार्यक्रममा बोल्दै खजुरा गाउँपालिकाका अध्यक्ष किस्मत कुमार कक्षपतिले अन्य परियोजना भन्दा यस परियोजना लिएर जनताको माझमा टिट्टै जान लागेको बताउदै उहाँले हेफरसगं खजुरा गाउँपालिकाले सम्झौता समेत गरिसकेको बताउनुभयो । अध्यक्ष कक्षपतिले तिन वर्षको विचमा साढे ५ करोडको परियोजना कृषि क्षेत्रमा खजुरा गाउँपालिकामा संचालन गर्न थालिएको बताउनुभयो ।
उहाँले खजुरालाई उक्त परियोजनाले परिवर्तनको आभास दिलाउनेमा विस्वास व्यक्त गर्नुभएको छ । खजुरा गाउँपालिकाले खजुरेली जनताको आर्थिक समृद्धिका लागी नयाँ परियोजना संचालन गर्न लागीएको उल्लेख गर्नुभयो ।
इन्रुडेकका अध्यक्ष धर्म रोकायले खजुरामा संचालन हुन लागेको परियोजनालाई स्वयम खजुरा गाउँपालिकाले आर्थिक लगानि गरेको बताउनुभयो । रोकायले समुदायलाई लक्षित गरि ल्याइएको परियोजनालाई भरपुर प्रयोग गर्न अनुरोध गर्नुभयो । तालिम लिएका सहभागिहरुले क्षमता अभिबृद्धि गर्न मद्धत पुगेको बताएका थिए । सहभागि कर्मचारी नारायण खनालले सामाज रुपान्तरणका लागी लागी पर्न तालिम सहयोगि बनेको बताउनुभयो । खनालले तालिम प्रभावकारी रहेको भन्दै समुदायमा परियोजना संचालन गर्न र समुदायसगं मिलेर काम गर्न प्रेरणा मिलेको बताउनुभयो ।
तालिमको प्रशिक्षकका रुपमा हेफरका बरिष्ठ कार्यक्रम प्रर्वधक बुद्धि बहादुर खत्रि र प्रशिक्षक सकुन्तला रसाइलि रहनुभएको थियो । तालिम लिएका कर्मचारी तथा परियोजना समितिका पदाधिकारीहरुलाई समुदायको मन जित्ने काम गर्न सुझाव दिइएको थियो ।
खजुरा गाउँपालिका बाँके र तिनाउ गाउँपालिका पाल्पाको आर्थिक सहयोगमा भएको १० दिने तालिममा तिनाउ गाउँपालिका, बाँकेको बैजानाथ गाउँपालिका र कोहलपुर नगरपालिकाका सहभागि हुनुभएको इन्रुडेकका अध्यक्ष धर्म रोकायाले जनाउनुभयो ।











