पालिका स्तरीय समन्वय तथा समिक्षा बैठक खजुरामा सम्पन्न

खजुरा : भेरी वातावरणीय विशिष्टता समुह(बी–ग्रुप) बाँकेले अक्सफाम नेपालको साझेदारीमा  स्वच्छताका लागि ब्यवहार परिवर्तन परियोजनाको पालिका स्तरीय समन्वय तथा समिक्षा बैठक आज सम्पन्न भएको छ ।

सो समिक्षा बैठकका प्रमुख अतिथि खजुरा गाउँपालिकाका अध्यक्ष किस्मत कुमार कक्षपतिले बी–ग्रुपले कोभिडको समयमा खजुरा गाउँपालिकामा धेरै नै सहयोग गरेकोमा धन्यवाद ब्यक्त गर्नुभयो । साथै उहाँले समाजमा स्वास्थ्य सम्बन्धि जनचेतना फैलाउन पनि सहयोग गरेको बताउनुभयो । त्यसैगरि खजुरा गाउँपालिकाका उपाध्यक्ष एकमाया विकले कोभिड रोकथाममा यस परियोजनाले कार्य गरेको हुनाले धन्यवाद ब्यक्त गरिन् ।

सो बैठकमा भेरी वातावरणीय विशिष्टता समुह(बी–ग्रुप) बाँकेले खजुरा गाउँपालिकालाई २ लाख रुपैया मुल्य बराबरको १०० थान स्वास्थ्य सुरक्षा सामग्री(आईशोलेशन किट्स) पनि हस्तान्तरण गरेको छ ।

सो स्वास्थ्य सामग्री हस्तान्तरण कार्यक्रममा बि–ग्रुपका सचिव टेक बहादुर पुनले कोभिड रोकथामको लागि खजुरा गाउँपालिकाका अध्यक्ष किस्मत कुमार कक्षपति र उपाध्यक्ष एकमाया विकलाई संयुक्त रुपमा हस्तान्तरण गर्नुभएको छ ।

सो हस्तान्तरण कार्यक्रममा खजुरा गाउँपालिकाका अध्यक्ष किस्मत कुमार कक्षपतिले कोभिड रोकथामको लागि बी–ग्रुपले खजुरा गाउँपालिकामा आवश्यक परेको स्वास्थ्य सामग्री सहयोग गरेको बताउनुभयो । सो हस्तान्तरण कार्यक्रममा बी–गु्रपका लेङ्गिक अधिकृत सोम गुरुङ्ग, जनस्वास्थ्य प्रवद्र्धन अधिकृत दुर्गा पन्थीको सहभागिता रहेको थियो ।

साथै भेरी वातावरणीय विशिष्टता समुह(बी–ग्रुप) बाँकेले अक्सफाम नेपालको साझेदारीमा  खजुरा गाउँपालिकाको वडा नं.१,२,३,४ र ८ मा स्वच्छताका लागि ब्यवहार परिवर्तन परियोजना सन्चालन गरिहेको थियो । सोही परियोजना अन्तर्गत खजुरा र नेपालगन्जमा गरि बाँकेमा ४०० थान स्वास्थ्य सामग्री(आईशोलेशन किट्स) हस्तान्तरण गरिएको बी–गु्रपका  कार्यक्रम संयोजक प्रकाश शर्माले जानकारी दिनुभयो ।

प्रतिक्रिया