नेपालगन्ज : हालैमात्र नेपाल उद्योग वाणिज्य महासंघ अन्तर्गत काठमाडौंमा घरेलु तथा साना उद्योग समिती गठन गरिएको छ।

डिबी बस्नेतको सभापतित्वमा गठित उक्त समितिले विशेष आमन्त्रित सदस्यहरु पनि मनोनीत गरेको छ। यसैबीच, नेपालगन्जका युवा व्यवसायी तेज प्रसाद रेग्मी उक्त समितिको विशेष आमन्त्रित समस्यमा मनोनीत हुनुभएको छ ।

नेपाल उद्योग वाणिज्य महासंघले एक सुचना जारी गर्दै रेग्मीलाई विशेष आमन्त्रित समस्यमा मनोनीत गरेको जानकारी दिएको हो। विशेष आमन्त्रित समस्यमा मनोनीत भएपछि रेग्मी एकदमै उत्साहित हुनुभएको छ ।

आगामी दिनमा आफ्नो जिम्मेवारी पुर्णरुपमा निभाउने रेग्मी बताउँनु हुन्छ । महासंघ सदैव सक्रिय भइ सशक्त रुपमा अगाडि बढाउनेमा आफू सदैव सक्रिय रहने रेग्मीले बताउनुभयो। रेग्मी नेपालगन्जमा एक सफल युवा व्यवसायीको रुपमा चिनिनुहुन्छ । उहाँले हाल नेपालगन्जमा “होटल द ग्यालेक्सी दरबार” संचालन गर्दै आइरहनुभएको छ ।















