खजुरा : बालबालिकाहरुलाई कुपोषणबाट बचाउनका लागि गर्भाअवस्था देखि नै सन्तुलित आहार दिनपर्ने एक कार्यक्रममा सहभागिहरुले बताएका छन ।
खजुरा गाउँपालिका स्वास्थ्य शाखाको आयोजनामा ७ दिन सम्म सन्चालिन भएको बहुक्षेत्रीय बृहत पोषण योजना सम्बन्धी स्वास्थ्यकर्मीहरुको क्षमता अभिवृदि तालिमको समापनका सहभागिहरुले कृपोषणलाई रोक्नकालागि सन्तुलिन आहार आपवश्यक हुने कुरामा जोड दिएका हुन ।
खजुरा गाउँपालिकाका अध्यक्ष किष्मत कुमार कक्षपतिले आहारा सन्तुलित भएन भने बालबालिका अपाङ्ग, कुपोषित र कमजोर हुने भन्दै बालबालिकालाई स्वस्थ्य बनाउन गर्भाअवस्था देखि नै सन्तुलित आहार पुग्न आवश्यक रहेको बताए । पोषणका लागि शिक्षा, स्वस्थ्य, खानेपानिको पनि सन्तुलन मिल्न पर्ने पनि उनको भनाइ छ । उनले भने यो चालु आवमा खजुरा गाउँपालिकालाइ स्वस्थ्यको क्ष्ोमा धेरै रामरो गराउन सकिन्छ तर सबैको हातेमालो जरुरी छ ।
खजुरा गाउँपालिकाका उपाध्यक्ष एकमाया विकले कृपोषणलाई निर्मुल पार्नका लागि पोषण युक्त खाना र राम्रो व्यवहार आवश्यक पर्ने भन्दै यस तर्फ मिलेर काम गर्न पर्ने बताइन । वच्चा गर्भमा रहदा आमा र वच्चा दुवैलाइ स्वस्थ्य राख्न सन्तुलित आहार र सकारात्मक व्यवहारले धेरै प्रभाब पार्ने उनको भनाई छ ।
जन स्वास्थ्य कार्यालय बाँकेका प्रमुख धिरजगं शाहले मापदण्ड सहितको पोषणयुक्त खानाले कुपोषणलाई निर्मुल पार्ने बताए । बालबालिका स्वस्थ्य रहेको थाहा पाउनका लागि वच्चाको तौल मापन गरे थाहाहुने भन्दै तौलको आधारमा पनि कुपोषिणको अवस्था अनुमान गर्न सकिने बताए । सुरु अवस्था देखि नै स्वस्थ्य रहनका लागि पोषणयुक्त खाना र राम्रो जिवनशैलि हुनु पर्ने उनको भनाइ छ ।
शनिवार समापन भएको तालिम चैतको एक गतेबाट सुरु भएको स्वास्थ्य शाखा प्रमुख सुदिप पौडेलले जनाए ।









