खजुरा : कृषि, पशुपंक्षि तथा मत्स्य विकास निर्देशनालयको सयुक्त आयोजनामा बाँकेको खजुरामा दुई दिने प्रगति समिक्षा गोष्ठि सुरु भएको छ ।
चौमासिक तथा अष्टमासिक प्रगति समिक्षा गोष्ठिको उद्घाटन भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय लुम्बिनी प्रदेशका मन्त्रि आरति पौडेलले गर्नुभयो । लुम्बिनी प्रदेश कृषि मन्त्रालय अन्तर्गतका सबै कार्यालयका प्रमुख तथा प्रतिनिधिहरुको उपस्थिती रहेको गोष्ठिमा हरेक कार्यालयले आफ्नो प्रगति विवरण प्रस्तुत गरिरहेका छन ।
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका सचिव डा. रेवति रमण पौडेलको अध्यक्षतामा सुरु भएको प्रगति समिक्षा गोष्ठिमा मन्त्रि पौडेलले केहि कामहरु राम्रा होलान भनेर अनुमान गरिएकाहरु किसानमाझमा जानकारी पुग्न नसक्दा प्रभावकारी हुन नसकेको बताउनुभयो । उहाँले समुदाय स्तरमा कार्यक्रम नपुग्नु भनेको काम गर्ने विधिमै समस्या रहेको हुदाँ कर्मचारीहरुले यस तर्फ विषेश ध्यान दिन आग्रह गर्नुभयो । गोष्ठिमा निर्देशन दिदै मन्त्रि पौडेलले सुचना जारी गरेर मात्र कार्यालयको जिम्मेवारी पुरा नहुने भन्दै सेवाग्राहि र स्थानिय सरकारसगं निरन्तर अन्तरक्रिया, समन्वय गरेर कार्य सम्पादनमा ध्यान दिनपर्नेमा जोड दिनुभयो ।
उहाँले सम्वन्धित कार्यालयहरुलाई प्रस्ताव माग्ने मात्र नभई त्यसको कार्य सफलताको लागी पनि सक्रियता निभाउन निर्देशन दिनुभयो । सुचना निकाल्ने तर माग आएर वा छनोटमा परेन भनेर कार्य सम्पादनमा मेहेनत नगर्ने बाहाना बनाउने कार्यालयले छुट नपाउने बताउनुभयो । मन्त्रि पौडेलले यसपटकको प्रगति सन्तोषजनक नरहेको बताउदै आगामि दिनमा प्रभावकारी काम गरेर देखाउन कार्यालयहरुलाई निर्देशन दिनुभएको थियो । गोष्ठिमा कृषि बन तथा बातावरण समितिका सभापति विजय यादवले साना किसानको माझमा सरकारको कार्यक्रम पुग्न नसकेको भन्दै यस तर्फ विषेस ध्यान दिन आग्रह गर्नुभयो ।
गोष्ठिमा प्रदेश योजना आयोगका सदस्य पुष्पा भुसाल, कृषि विकास निर्देशनालयका निर्देशक याम नारायण देवकोटा, पशुपंक्षि तथा मत्स्य विकास निर्देशनालयका निर्देशक डा. हरि बहादुर कुंवर, कृषि अनुसन्धान निर्देशनालयका निर्देशक अमर बहादुर पुन, मुख्यमन्त्रि तथा मन्त्रि परिषदको कार्यालय लुम्बिनी प्रदेशका महाशाखा प्रमुख सुरेन्द्र चन्द आचार्य लगाएतले उद्घाटन समारोहमा मन्तव्य राख्नुभएको थियो ।











