खजुरा : बाँकेको खजुरामा रहेको जनता दुग्ध उत्पादक सहकारी सस्था लिमिटेडले लुम्बिनी प्रदेशका कृषि मन्त्रि आरती पौडेललाई दुग्ध पदार्थको भण्डारण तथा चिस्यानका लागी मागपत्र बुझाएका छन । लुम्बिनी प्रदेश, भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका मन्त्रि पौडेलले जनता दुग्ध उत्पादनको कार्यालय अवलोकन गर्ने क्रममा किसानले दुध उत्पादनको मात्र बढाएकाले त्यसलाई शुरक्षित राख्नका लागी उचित व्यवस्था गरिदिन मन्त्रालयलाई सस्थाले माग सहितको ध्यानाकार्षण पत्र बुझाएको हो ।
२ हजार लिटर दिनमा उत्पादन हुदै आएकोमा चिस्यान केन्द्र तत्कालका लागि आवश्यक रहेको सहकारीका अध्यक्ष टेक बहादुर कार्किले बताउनु भयो । ‘दुध बढेपछि सहकारीमा बिक्रिको समस्या हुदै आएको छस अध्यक्ष कार्किले भन्नुभयो ।’ सहकारीको पत्र बुझदै मन्त्रि पौडेलले अब दुध बिक्री नहुने समस्या बेहोर्न नपर्ने बताउनु भयो । उहाँले प्रदेश सरकारले दुग्ध पर्दाथको बिक्री तथा खपत बढाउन कार्यक्रम ल्याएको जनाउनुभएको छ । किसानले उत्पादन गरेको दुधलाई विधिन्न परिकार बनाएर पनि विक्रि गर्न उहाँले सहकारीलाई आग्रह गर्नुभयो । मन्त्रि पौडेलले सहकारीले राखेको प्रताव प्रति छलफल गरि आवश्यक सहयोग गरिने प्रतिवद्धता जनाउनुभएको थियो ।
कृषि मन्त्रि पौडेलले मन्त्रालयले गरिरहेका काम र योजनाका बारेमा पनि उपस्थित किसान तथा सहकारीका पदाधिकारीहरुलाई जानकारी गराउनुभएको थियो । उहाँले किसानलाई स्थलगत रुपमा तालिम प्रदान गर्ने सुरुवात मन्त्रालयले गरेको बताउनु भयो । जग्गा भाडामा लिएर घाँस खेति गर्न किसानलाई अनुरोध गर्नुभयो । जग्गाको भाडा प्रदेश सरकारले तिरिदिने समेत उल्लेख गर्नु भयो । मन्त्री पौडेलले कृषिकर्मि रोजगार कार्यक्रम मार्फत मजदुर किसानको लागि तलब व्यवस्थापन मन्त्रालयले गरेको बताउनु भयो ।
किसानले उत्पादन गरेको तरकारि तथा दुग्ध पदार्थहरु बिक्रीका लागि लाग्ने ढुवानि र सटर भाडा पनि प्रदेश सरकारले तिरिदिने भएकाले समन्वय सहकार्य बढाउन पर्नेमा जोड दिनुभयो । जनता दुग्ध उत्पादक सहकारीले कृषि मन्त्रीलाई स्वागत गर्दै सहकारीले किसानकै लगानीमा बेकरि उद्योग सन्चालन गर्न लागेको जानकारी गराएका थिए । बेकरी संचालनका लागी किसानहरुले सेयर थप गरेको र यसलाई थप व्यवस्थित गर्न गाउँपालिकाले पनि सहयोग गर्न लागेको व्यवस्थापक गौरब सापकोटाले जानकारी गराउनुभयो । गाउँ पालिकाका अध्यक्ष किस्मत कुमार कक्षपतिले खजुरामा उत्पादन हुने दुग्ध पदार्थ लाई खेर जान नदिन पालिकाले गर्नुपर्ने सहयोग गर्न तयार रहेको बताउनुभयो ।
खजुराका किसानलाई जनता दुग्ध उत्पादक मार्फत दुधको उत्पादन बढाउन आवश्यक पर्ने सहयोग तथा सहकार्यका लागी पालिका सधै सहयोगी बन्ने उल्लेख गर्नुभयो । छलफल कार्यक्रममा आफ्ना कुरा राख्दै कक्षपतिले नमुना कृषि फार्म स्थापना गर्ने खालका कार्यक्रम पालिकाले ल्याएको बताउनु भयो । सहकारि मार्फत खजुरालाई कृषिमा अघि बढाउनु पर्ने इच्छा व्यक्त गर्नुभयो । स्थानीय सरकारको लगानीमा २ सय जना युवाहरुलाई रोजगारी प्रदान गर्ने उदेश्यका साथ कृषिमा लगानि गर्न खोजेको गाउँपालिका अध्यक्ष कक्षपतिले जनाउनुभयो ।
छलफलको क्रममा भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्रका प्रमुख कमला अधिकारीले सहकारी मार्फत भएका कार्यक्रमहरु सफल भइरहेको बताउनुभयो । उहाँले दुग्ध सहकारीले आफ्नो कार्यक्षेत्र बढाएर दुग्ध पदार्थको मागलाई पुरा गर्नपर्नेमा जोड दिनुभयो । पशु सेवा शाखा खजुराका प्रमुख रत्न बहादुर शाहिले जनता दुग्धसगं आवद्ध रहेका किसानहरुले दुधको मात्रा बढाउन व्यवसायिकतालाई अंगाल्नुपर्नेमा जोड दिनुभयो ।
जनता दुग्ध उत्पादक सहकारीमा किसानहरुका लागी प्रदेश सरकारको सहयोगमा भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रले सहकारी मार्फत नै गाई बल्क कार्यक्रममा गोठ निर्माण गर्ने लगाएतका सेवा सुविधा उपलव्ध गराइएको व्यवस्थापक सापकोटाले जानकारी दिनुभयो ।










