नेपालगन्ज :

खजुरा गाउँपालिका वडा नम्बर ४ का जन-प्रतिनिधिहरुले खजुरा गाउँपालिका वडा नम्बर चार ई गाउँका स्वर्गीय गुमान सिंह महतराको परिवारलाई आर्थिक सहयोग गरेका छन् ।
शनिबार स्वर्गीय महतराको तेह्रौं पुन्यतिथिको अवसरमा खजुरा वडा नम्बर चारका जनप्रतिनिधिहरुले सहयोग रकम उहाँको धर्मपत्नीलाई हस्तान्तरण गरेका हुन् ।
वडा नम्बर चारका अध्यक्ष तिलक वीर सुनार सहितका जनप्रतिनिधिले ११ हजार रुपैयाँ महतराकी धर्मपत्नीलाई हस्तान्तरण गर्नुभएको हो ।
‘आफ्नो मान्छे गुमाउनु भएको दु:ख र पिडालाई कसैले पनि भर्पाइ गर्नै सक्दैन ! तर पनि यति बेला केही सहयोग गर्न सक्यौं भने मात्रै पनि ठुलो राहत हुने भएको हुदा हामी खजुरा गाउँपालिका ४का जनप्रतिनिधिद्वारा मृतक गुमान सिंह महतराको परिवारलाई सहयोग गरेका हौ ,- अध्यक्ष सुनारले बताए ।










