खजुरामा आधुनिक गाई गोठ बनाइने

खजुरा : बाँकेको खजुरामा गाई बल्क कार्यक्रम मार्फत आधुनिक गाई गोठ बन्ने भएको छ । एक दर्जन आधुनिक नयाँ गोठ बनाउने गरी आज खजुरा गाउँपालिकाका प्रमुख किस्मत कुमार कक्षपतिले शुभारम्भ गर्नुभयो ।

जनता दुग्ध उत्पादक सहकारी सस्था लिमिटेडमा आवद्ध किसानहरुका लागी बनाउन लागीएको हो । भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञले ७० लाख र सहकारीका किसानको ७० लाख लगानी लाग्ने गरि एक दर्जन नयाँ गोठ र घाँस काट्ने चाप कटर, उन्नत जातका सेक्स सिमेन्ट (विर्य),स्थलगत तालिम, अभिमुखिकरण, बजार प्रर्वद्धनका लागी दुधको विविधिकरणका लागी आवश्यक उपकरणहरु खरिद तथा विभिन्न क्रियाकलापहरु संचालन गर्ने भएको हो ।

दुग्ध उत्पादनमा वृद्धि गरि किसानको आर्थिक अवस्था बलियो बनाउने उदेश्यका साथमा लुम्बिनी प्रदेश, भुमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयले विज्ञ केन्द्र मार्फत सहकारीलाई अनुदान दिएर ५० प्रतिशत किसानकै लगानी लाग्ने गरी नयाँ गोठ बनाउन लागिएको विज्ञ केन्द्रका प्रमुख कमला अधिकारीले बताउनुभयो ।

कुल १ करोड ४० लाखमा सम्पन्न हुनेगरि सबै पुर्व तयारी सकिएको र निर्माण कार्यको सुरुवात गरिएको सहकारीका अध्यक्ष टेक बहादुर कार्किले बताउनुभयो । लुम्बिनी प्रदेशको पशुपंछि विकास महासाखा प्रमुख तुलसी भण्डारीको विशेष उपस्थितीमा मनकामनापुरमा सोमबार गाउँपालिका अध्यक्ष कक्षपतिले गोठ निर्माणको सुरुवात गर्नुभएको हो ।

किसानहरुलाई प्रतक्ष्य लाभान्भित गराई दुध उत्पादन बढाउने र उत्पादित दुधको विविधिकरण गरि बजारमा दुग्धजन्य पदार्थ छुर्पि, आइसक्रिम, महि, दहि, पनिरहरु बनाएर सस्थासगं अत्याधिक मात्रामा दुधलाई सदुपयोग गरि किसानहरुलाई मिल्क होलिडेको समस्याबाट मुक्त गर्न प्रदेश सरकार र स्थानिय सरकारसगं समन्वय गरि आवश्यक कार्यक्रम संचालन गर्ने सस्थाका व्यवस्थापक गौरब सापकोटाले बताउनुभयो । गाई बल्क कार्यक्रम संचालन पछि खजुरामा दुग्ध उत्पादन बढ्ने अपेक्षा गरिएको छ ।

प्रतिक्रिया