नेपालगन्ज :

बाँकेको जानकि गाउँपालिकाले मुख्य तथा सहायक बाटोहरुलाई पिच बनाउने गरि बाटो निर्माणको क्रमलाई तिव्रता दिएको छ ।
सडकको पहुँच सबै जनताले पाउन भन्ने उदेश्यले मुख्य सहित सहायक बाटोहरुलाई पिच गरिने गाउँपालिकाले जनाएको छ ।
निर्वाचनका बेला गरेका प्रतिवद्धता ७० प्रतिशत पुरा गरिसकेको गाउँपालिकाका अध्यक्ष राम निवास यादवले बताउनुभएको छ । हाल सम्म विकास भएको नदेखिएपछि नालि सहितका बाटो निर्माणतर्फ ध्यान दिइएको अध्यक्ष यादवले बताउनुभयो ।
किसान देखि व्यवसायि सम्मको हितका लागी प्रतिवद्ध भएर काम गरिरहेको अध्यक्ष यादवको दावि छ । गाउँपालिकालाई सम्वृद्ध बनाउन हरेक वडालाई उत्पादनमुखिका रुपमा विकास गरिदै आएको छ ।
जानकि गाउँपालिकाको मुख्य आर्थिक श्रोत भनेको उद्योग भएकाले पनि औद्योगिक पालिकाको रुपमा विकास गर्न लागीएको पालिकाले जनाएको छ ।
गरिविको रेखामुनि रहेका जनसमुदायकालागि विभिन्न आयमुलक कार्यक्रम सन्चालन गरिएको अध्यक्ष यादवले बताए ।









