बाँकेमा फागुन महिनामा ५५ सय सवारीसाधन कारवाहीमा

जिल्ला ट्राफिक कार्यालय बाँकेले ट्राफिक नियम उलंघन गर्ने फाल्गुन महिनामा मात्रै ५५ सय सवारीसाधन कारवाहीलाई कारवाही गरेको छ ।

जिल्ला ट्राफिक कार्यालय बाँकेले गत फाल्गुन महिनामा मात्रै ५५ सय ट्राफिक नियम उलंघन गर्ने सवारीसाधनलाई कारवाही गरि ३५ लाख ४५ हजार राजश्व संकलन समेत गरेको छ । त्यस्तै बाँकेमा माघ महिनामा ४६ सय ५० सवारीसाधन कारवाहीमा परेका थिए ।

चालु आर्थिक वर्षको हालसम्म करिब २ करोड राजश्व संकलन गरेको छ । चालू आर्थिक वर्षको साउनदेखि फागुन महिनासम्म बाँके ट्राफिकले ट्राफिक नियम उल्लंघन गर्नेमाथि कारवाही गरेको हो । सबैभन्दा धेरै राजश्व फागुन महिनामा उठाएको बाँके ट्राफिकले जनाएको छ ।

सबैभन्दा कम राजश्व साउन महिनामा उठाएको छ। साउनमा १० लाख ४७ हजार ५ सय रुपैयाँ संकलन गरेको छ । भदौमा १७ लाख २० हजार, असोजमा १९ लाख २४ हजार, कार्तिकमा २२ लाख ४४ हजार रुपैया राजश्व संकलन भएको बाँके ट्राफिक प्रमुख राजु भण्डारीले बताउनुभयो ।

मंसिरमा ३० लाख ९३ हजार ५ सय रुपैया राजश्व उठ्दा पुषमा २७ लाख ६३ हजार, माघमा २७ लाख ५३ हजार र फागुनमा ३५ लाख ४५ हजार राजश्व उठेको प्रमुख भण्डारीले बताउनुभयो ।

उहाँका अनुसार सबैभन्दा धेरै ट्राफिक नियम उल्लघन मोटरसाइकल चालकहरले गरेको पाइएको छ । यो अवधिमा बस, ट्रक, टिप्पर, मोटरसाइकल, ट्याक्टरलगायतका सवारीसाधनका चालकले बढी नियम उल्लंघन गरेका छन् । यीनै सवारीसाधनले ट्राफिक नियम उल्लघन गर्दा दुर्घटना समेत बढेको पाइएको छ ।

प्रतिक्रिया