नेपालगन्ज : भारतको चण्डीगढमा चौकीदारको काम गर्ने दाङका चेत बहादुर बुढा लकडाउन खुकुलो भएपछि कामको खोजीमा पुनः चण्डीगढ गएका थिए ।
कोरोनाका कारण भारतका विभिन्न सहरमा लकडाउन हुन थालेपछि हतार हतार घर फर्किएको उनले बताए ।
भारतमा दोस्रो चरणको कोरोना संक्रमण बढेपछि कामका लागि भारतमा रहेका नेपाली कामदार घर फर्कने क्रम बढेको छ । भारतमा कोरोना संक्रमण पुनः बढ्न थाले संगै नेपालगन्जको जमुनहा सिमानाकामा नेपालगन्ज उपमहानगरपालिकाले हेल्थ डेक्स समेत स्थापना गरिसकेको छ ।
उता बाके प्रशासनले समेत कोरोना संक्रमणको दोस्रो लहर आउन सक्ने भन्दै त्यसको तयारी र आवश्यक निर्णय लिनको लागी बुधबार जिल्ला प्रशासन कार्यालय बाकेले आज डिसिसिएमसिको बैठक बोलाएको छ ।
बाँकेका प्रमुख जिल्ला अधिकारी राम बहादुर कुरुम्वाङले आफ्नो सामाजिक संजालमा उक्त कुरा जनाउदै लेखेका छन् – “कोरोनाको दोस्रो लहरको बारेमा आवश्यक निर्णय लिन चैत्र ११ गते ११ बजे बैठक बस्दै छ ।”
सम्भवत बाँकेमा कोरोना कहरको दोस्रो लहरका लागि डिसिसिएमको आज बस्ने बैठकले केही कडा कदम चाल्ने अनुमान गरिएको छ ।
कोरोना उच्च जोखिमको रुपमा हेरिने बाँके जिल्ला खुल्ला सिमानाका कारण र भारतबाट नेपाल फर्किनेहरुको केन्द्र रहेको कारण पनि कोरोनाको उच्च जोखिममा मानिन्छ ।











