भारतबाट फर्किनेहरु १० दिन होम क्वारेन्टाइनमा बस्नुपर्ने

नेपालगन्ज : कोरोना संक्रमणलाई रोकथाम तथा नियन्त्रणका लागि जिल्ला कोभिड संकट ब्यवस्थापन केन्द्र बाँकेको बैठकले भारतबाट नेपाल आउने नागरिकहरूलाई १० दिन क्वारेन्टाइनमा बस्नुपर्ने निर्णय गरेको छ ।

कोभिड १९ विपद् व्यवस्थापन समितिका संयोजक बाँकेका सिडिओ रामबहादुर कुरूम्वाङ्गको अध्यक्षतामा बसेको समितिको बैठकले भारतबाट आएका नागरिकलाई जेकजाँच गरि १० दिन क्वारेन्टाइनमा राख्नुपर्ने, भेरी अस्पताल लगायकता स्वास्थ्य संस्थामा रहेका आइसोलेसनलाई प्रभावकारी बनाउने लगायतका ७ बुदे निर्णय गरेको हो।

त्यस्तै बैठकले स्वास्थ्य उपचार लगायत अत्यावश्यक काम बाहेक सामान्य किनमेलका लागि भारतीय बजार रुपईडिहा जानमा रोक लगाइएको छ ।

भारत लगायत अन्य देशहरुमा दोस्रो लहरको कोरोना संक्रमण देखा परेको अवस्थालाई मध्यनजर गर्दै बुधबार जिल्ला कोभिड संकट ब्यवस्थापन केन्द्र बाँकेको बसेको बैठकले उक्त निर्णय गरेको हो ।

आज बसेको केन्द्रको बैठकले कोरोना संक्रमणलाई रोकथाम तथा नियन्त्रणका लागि बाँकेका आठ वटै स्थानीय तहमा पहिले संचालनमा आएका  क्वारेन्टाइन तथा आइसोलेसनहरुलाई तयारी अवस्थामा राख्न समेत निर्देशन दिएको छ ।

हेर्नुस् बैठकका निर्णयहरु

प्रतिक्रिया