नेपालगन्ज : बाँके जिल्लाको जानकी गाउँपालिकामा चैत्र २० गते देखि हात्तिपाइले बिरुद्धको औषधि खुवाउन जनप्रतिनिधि र राजनैतिक दलको प्रतिनिधिले यो अभियान सफल पार्न आफुहरु सक्रिय भएर लाग्ने र सफल बनाउने प्रतिबद्धता जनाएका छन् ।
जानकी गाउँपालिका स्वास्थ्य शाखाले आयोजना गरेको बहुनिकाय अन्तरक्रिया गोष्ठीमामा सहभागी जानकि गाउँपालिकाका जनप्रतिनिधि तथा प्रमुख राजनैतिकदलका प्रतिनिधिहरुले यो अभियानलाई सफल पार्न आफ्नो स्थानबाट सहयोग र सहकार्य गर्ने प्रतिबद्धता जनाएका हुन् ।

कार्यक्रममा बोल्ने सहभागीहरुले यो अभियानलाई सफल पार्न स्थानिय राजनैतिक दलका प्रतिनिधि तथा जनप्रतिनिधि स्वयम् लाग्नु पर्ने र समुदायमा आफुले नै पहिले खाएर मात्रै जनतालाई हत्तिपाइले बिरुद्धको औषधि खानुपर्ने संदेश दिने बताएका छन् ।
जानकी गाउँपालिकाले घर घरमा पुगेर हात्तिपाइले रोग बिरुद्धको औषधि खुवाउने कार्य गर्ने बताएका छन् । त्यस्तै दुई दिन गाउँपालिका भरी नै माइकिङ गरिने जानकी गाउँपालिकाका स्वास्थ्य शाखाका प्रमुख दल बहादुर रानाले बताएका छन् ।
जनप्रतिनिधि तथा राजनैतिक दलका स्थानिय प्रतिनिधिहरुले जनतालाई हात्तिपाइले बिरुद्धको औषधि खान प्रेरित गर्न सके अभियान सफल हुने हुँदा सबै जनप्रतिनिधि तथा राजनैतिक दलका स्थानिय प्रतिनिधिले यो अभियानमा लाग्नु पर्ने र त्यसका लागि सहयोग गरिदिन गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत बस बहादुर रानाले अनुरोध गरेका छन् ।

उता गाउँपालिकाका उपप्रमुख तथा कार्यक्रमका अध्यक्ष भुमिसरा धितालले यो अभियान सफल पार्न सबै लाग्नु पर्मे जिकिर गर्नु भएको छ । गत सालको अनुभव र गत सालका कमजोरीबाट सिकेर हामि सबै राजनैतिक दलका प्रतिनिधि, निर्वाचित जनप्रतिनिधि, स्थानिय समुदाय र नागरिक समाजको सहकार्यमा यो अभियान सफल पार्न अनुरोध गर्दै प्रतिबद्धता समेत जाहेर गर्नु भएको थियो ।

त्यस्तै कार्यक्रममा बोल्दै जानकी गाउँपालिकाका प्रमुख राम निवास यादवले हात्तीपाइले अभियान सफल पार्न सबैले हातेमालो गर्न आव्हान गर्नुभएको छ । हामी जनप्रतिनिधि जनता संग सोझै सम्पर्कमा रहने र जनप्रतिनिधिको सिको समेत जनताले गर्ने भएको हुँदा हामि आफैले प्रत्यक वडामा जनतालाई भेला गरेर हात्तीपाइले बिरुद्दको अभियान सुरुवात गर्ने समेत बताएका छन् ।
जानकी गाउँपालिका स्वास्थ्य शाखाले आयोजना गरेको बहुनिकाय अन्तरक्रिया गोष्ठीमामा स्वास्थ्य कार्यालय बाँकेका प्रमुख धिरजंग शाह, नेकपा एमालेका नेता पदमा धिताल, जानकी गाउँपालिका पूर्वाधार शाखाका प्रमुख राजकुमार कुर्मी, विभिन्न राजनैतिक दलका प्रतिनिधि, वडा अध्यक्ष, कार्यपालिका सदस्य, पत्रकार र पालिकाका कर्मचारीहरुको उपस्थिति रहेको थियो ।










