घट्यो सुनको मूल्य, कतिमा भइरहेको छ कारोबार ?

नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । बिहीबार तोलाको ८६ हजार ५ सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज तोलामा दुई सय रुपैयाँले घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला ८६ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यस्तै, आज चाँदीको मूल्य भने स्थिर रहेको छ । बिहीबार चाँदीको मूल्य तोलामा १ हजार २३० रहेकोमा शुक्रबार पनि सोही मूल्यमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

प्रतिक्रिया