कोरोनाको दोस्रो लहरका बिच नेपालगन्जमा होलिको तयारी (फोटो)

नेपालगन्ज : गत बर्ष यो बेला देश लकडाउनमा थियो । नेपालगन्जका प्राय स्थानहरूमा लकडाउनको असर थियो । टोलहरुमा प्रवेश निषेध समेत गरिएका थिए । कोरोना भाइरसको कहरले सुरु भएको भौतिक दुरि र माक्स लगाउन बाध्य भएका नेपालगन्जबासीले त्यसपछि अनेकन कोरोना झेल भोग्न बाध्य भए ।

कोरोना कहरको ग्राफ ओरालो लागे संगै बजार र जनजिवन सामान्य जस्तै बनेको नेपालगन्ज र सम्पुर्ण नेपालको अवस्था पुनः एक साल पछि त्रास मय बनेको छ ।

भारत लगायत बिश्वका कतिपय देशहरुमा कोरोना कहरको दोस्रो वेभ आए संगै नेपाल त्यसको उच्च जोखिममा रहेको छ। अझ नेपालगन्ज जस्तो सिमानाका पर्ने शहर कोरोना संक्रमणको उच्च जोखिमको स्थानमा पर्छ ।

यो एक बर्षमा हरेक नेपालीले चाडपर्वहरु घर भित्रै मनाउन बाध्य भए । हिन्दुहरुको पर्व होलि नजिकिदै गर्दा पर्वको तयारी सबैको आफ्नै किसिमको पक्कै बनेको थियो त्यसै बिच आएको कोरोनाको सेकेन्ड वेवले पुनः त्रासको माहोल छरेको भए पनि बजार र जनजीवनमा त्यसको असर न्यून मात्रामा रहेको छ ।

बिज्ञहरुले सजग रहन र लापरबाही नगर्न भन्दै गर्दा समेत नेपालगन्जमा ठुला मेलाहरु र राजनैतिक दलका भेला भैरहेका छन् यस्तोमा होलि पर्वलाई कोरोना कहरको दोस्रो वेवले कत्तिको असर गर्ला त्यो हेर्न बाकी नै रहे पनि नेपालगन्जको त्रिभुवन चोकमा लाग्ने होलिको सामाग्रीहरुको बजार भने सुरु भैसकेको छ ।

हेर्नुस् केही तस्वीर :

प्रतिक्रिया