नेपालगन्ज जमुनाहबाट लागूऔषध सहित एक पक्राउ

नेपालगन्ज : लागू औषधसहित नेपालगन्जको जमुना नाकाबाट एकजना पक्राउ परेका छ्न । दैलेख नौमुले गाउँपालिका – ८ का बर्ष २८ का दिपक चन्द १४ ग्राम ५१मिलि ब्राउन सुगरसहित पक्राउ परेको जमुना प्रहरीका इन्चार्ज बिष्णु गिरिले जानकारी दिनु भयो ।

उनको साथबाट ५२ हजार नगद बरामद गरिएको पनि उहाँले जानकारी दिनु भयो । भारतबाट नेपाल आउनेक्रममा उनको संकास्पद व्यबहार देखिएपछि चेकजाँच गर्दा लागू औषध बरामद गरिएको हो ।

भारतमा कोरोना भाइरस संक्रमण फैलिदै गएपछि नाकामा चेकजाँच कडाई गरिएको छ । पक्राउ परेका ब्यक्तिमाथी अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया