बाँकेमा कोरोना ग्राफ फेरि बढ्दै

फोटो : तेज ओलीको फेसबुकबाट

नेपालगन्ज : गत बर्ष देखि सुरु भएको कोरोना कहरको दोस्रो लहरले बाँकेलाई पुनः छोएको छ ।

एक देखि दैनिक सयौं सम्म कोरोना पोजेटिभ केस देखा परेको बाँकेमा केही महिना देखि सामान्य अवस्थामा रहेको थियो भने नेपालको छिमेकी राष्ट्र भारतमा दोस्रो लहरको कोरोना संक्रमण देखा परे संगै नेपालीहरु घर फर्कने क्रम बढेको थियो , त्यो संगै बाँकेमा कोरोना संक्रमणको ग्राफ पुन बढेको छ ।

नेपालगन्ज उपमहानगरपालिका र स्वास्थ्य सम्बद्ध निकायले नेपालगन्जको सिमानाजा जमुनाहमा सुविधा सम्पन्न हेल्प डेक्स राखेर स्वास्थ्य परिक्षण गर्दै आएको छ। सो क्रममा नाकाबाट भित्रनेहरुमा कोरोना पोजेटिभ केस समेत देखा परेको कोरोना फोकल पर्सन तेज ओलीले बताएका छन् ।

शनिबार सिमानाकामा रहेको हेल्प डेक्सबाट कोभिड यन्टिजिन र मलेरिया १३ जनाको जाच गर्दा बडैयाताल १ डाफे बर्दिया घर भएका ४१ बर्षिया पुरुषमा कोरोना पोजिटिभ देखा परेको थियो ।

त्यस्तै आज जिल्ला कोभिड १९ संकट ब्यवस्थापन केन्द्र बाँकेले जारी गरेको कोरोना रिपोर्ट अनुसार शनिबार बाँकेमा ६ जना कोरोना पोजेटिभ थपिएका छन् भने अन्य जिल्लाको उपचार तथा अन्य कारणले बाँकेमा रहेका ६ जनामा समेत कोरोना पोजेटिभ देखा परेको फोकल पर्सन तेज ओलीले जानकारी दिएका छन् ।

प्रतिक्रिया