नेपालगन्ज : दिनप्रतिदिन बाँकेमा कोरोना ग्राफ बढी रहेको बेला मंगलबार भारतबाट नेपाल फर्कने एक जनामा कोरोना पोजेटिभ देखा परेको छ ।
बाँकेका कोरोना फोकल पर्सन भारतबाट नेपाल फर्किएका मध्य संकास्पद ७ जनाकाे काेराेना एन्टिजिन जाँच गर्दा १ जनामा कोरोना पाेजिटिभ देखा परेको बताएका छन् ।
नेपाल-भारत सिमानाका जमुनाह भएर भारतबाट नेपालीहरु फर्कने प्रमुख नाका भएको कारण नेपालगन्ज कोरोनाको उच्च जोखिममा रहेको छ ।
भारतमा कोरोनाको दोस्रो लहर आएको बेला भारतबाट नेपालीहरु फर्किने गरेका छन् । एक बर्ष अगाडी कोरोना संक्रमणकै कारण लकडाउनमा परेर दुख भोगेका नेपाली श्रमिकहरु भारतमा कोरोना संक्रमणको दोस्रो लहर संगै नेपाल फर्कन थालेका छन् ।
भारतबाट नेपाल फर्कने क्रम बढे संगै बाँके कोरोनाको उच्च जोखिममा रहेको छ । भारतबाट फर्कनेहरुको चेकजाँच गर्दा दैनीक जसो कोरोना संक्रमीत देखा पर्न थालेको छ ।











