नेपालगन्ज : सडक छेउछाउमै हुन्छ यौवनको मोलमोलाइ

नेपालगन्ज : नेपालगन्ज मध्य तथा सुदुर पश्चिमको ब्यापारी केन्द्र मात्रै होईन, शैक्षिक तथा मेडिकल हबको रुपमा पनि क्रमिक बिकास गर्दै गएको शहर हो ।

नेपालगन्ज मध्य तथा सुदुर पश्चिमको केन्द्र संगै पर्यटन क्षेत्रको ट्रान्जिट पोइन्ट समेत भएका कारण नेपालगन्ज लामो समय देखि यौनजन्य ब्यवसायको हब समेत बनेको छ ।

भारतीय नागरिकहरुका लागि यौनजन्य क्रियाकलापको लागि उत्कृष्ट नजिकको गन्तब्यको रुपमा विकसित बनेको नेपालगन्जका ठुला स्टार होटेल, नजिकका पर्यटकीय स्थानहरु उनीहरुको रोजाईमा पर्ने गरेको होटेल ब्यवसायीहरु नै बताउने गर्छन् ।

यता नेपालगन्जको मात्रै होईन, बाँकेको कोहलपुर, चप्परगौरी, राझा एरर्पोर्ट र बाकेका होमस्टेमा समेत त्यस्ता क्रियाकलाप मौलाउदै गरेको जानकारहरु बताउदै आएका छन् ।

उसो त नेपालगन्ज वा बाँके जिल्लामा ठुला होटेल र होमस्टेमा मात्रै त्यस्ता क्रियाकलाप हुने गरेको भने होइन, नेपालगन्जका केही स्थानहरूमा साझपख सडक छेउछाउमै यौवनको मोलमोलाइ हुनेगरेको बताइन्छ ।

नेपालगन्जको बसपार्क छेउछाउ, न्युरोड, सेतुबिक चोक, खजुरा रोडमा पर्ने नन्दनी मिल आसपास,धम्बोझी चोक छेउछाउ र हस्पिटलका आसपासका होटेलमा समेत त्यस्ता क्रियाकलाप हुने गरेको जानकार बताउछन् ।

उता कोहलपुरको केही चिया पसल देखि ठुला होटेलसम्ममा त्यस्ता क्रियाकलाप हुने गरेको तथ्य यस अघिनै बाँकेका केही अनलाइन मिडियाले समाचार प्रकाशीत गरिसकेको छ ।

यस्ता यौनजन्य क्रियाकलापमा विशेषत कलेज पढ्ने युवतिहरु सामेल हुने गरेको समेत बताइएको छ । भने अधिकाश लागुपदार्थ दुर्ब्यसनमा लागेका युवा युवतिहरु समेत त्यस्ता क्रियाकलापमा होमिएको नेपालगन्जमा विभिन्न समयमा हुने एनजीओको गोष्टिहरुमा सरोकारवाला निकायले बताउदै आएका छन् ।

सुचना प्रबिधिको बिकास, दैनिक बढ्दै जाने महङ्गी, रोजगारीको सृजना नहुनु र लहलहै जस्ता कयौ कारणले गर्दा अहिलेको युवतिहरु यस्ता यौनजन्य क्रियाकलाप होमिदै गएको एक अध्यनले देखाएको छ । प्रबिधिलाई प्रयोग गरेर समेत त्यस्ता डिलहरु हुने गरेको कयौ उदाहरण समेत छन् । सामाजिक संजाल फेसबुक, इन्स्टाग्राम, टुइटर र टिन्डर जस्ता एपको माध्यमद्वारा यौनको मोलमोलाइ तथा खरिदबिक्री हुने गरेको र त्यसको भनक प्रहरी र प्रशासनलाई नहुने भएका कारण समेत यस्ता यौनजन्य क्रियाकलाप नेपालगन्जमा समेत मौलाउदै गएको छ ।

नेपालगन्जमा बाँके भन्दा बाहिर, पाल्पा, स्याङ्जा, रुपन्देही, झापा र सिन्धुपाल्चोक लगायतका जिल्लाबाट युवतिहरु मगाई यौन धन्दा संचालन गर्ने गरेको समेत बताइन्छ । कतिपय अवस्थामा प्रहरीले थाहा पाएर पनि कारवाही नगरेको आरोप आउने गरेको छ भने कतिपय अवस्थामा प्रहरिले केही होटेलमा छापा हानेर त्यस्ता क्रियाकलापमा संलग्न ब्यक्ती तथा होटेल संचालकलाई पक्राउ गर्ने गरेको छ । तर पनि प्रहरीलाई भने सुचना हुदाहुदै पनि त्यस्ता क्रियाकलापलाई रोक्न नसकेको वा त्यसबापत हप्ता असुल गर्ने गरेको आरोप लाग्दै आएको छ ।

प्रतिक्रिया