नेपालगन्ज : नेपालगन्जको भेरी अस्पतालले बुधबार निकालेको कोभिड रिपोर्ट अनुसार भेरिको परिक्षणबाट १८ जनामा कोरोना पोजेटिभ देखिएको छ ।
भेरी अस्पतालमा ४५ जनाको परीक्षणमा १८ जना पोजेटिभ भेटिनुले चिन्ता थपिदिएको छ । सरकारले कोरोना बढेपछि सुरक्षा मापदण्डको पालनामा जोड दिंदै आएको छ । जिल्ला कोभिड क्राइसिस म्यानेजमेन्ज सेन्टरले सामाजिक दुरी कायममा जोड दिएको छ ।
उता भारतमा दैनिक ६०-७० हजार बढिमा कोरोना पोजेटिभ केस देखा पर्न थाले संगै नेपालिहरु घर फर्कनेक्रम जारी छ , जसले गर्दा नेपालगन्ज कोरोना संक्रमणको उच्च जोखिममा रहदै आएको छ ।
हिजो मात्रै भारतबाट नेपाल फर्कने एक जनामा कोरोना पोजेटिभ देखा परेको थियो । नेपालगन्ज उपमहानगरपालिकाले सिमानाकामा कोरोना एन्टिजेन परिक्षण गर्दै आएको छ ।











