उच्च बार नेपालगन्जको नेतृत्व सर्वसम्मत, अध्यक्षमा श्रेष्ठ र सचिवमा पाण्डेय

नेपालगन्ज : नेपाल बार एसोसिएसन, उच्च अदालत नेपालगन्जको नेतृत्व सर्वसम्मत चयन गरिएको छ । शिवकुमार श्रेष्ठको नेतृत्वमा सर्वसम्मत कार्यसमिति चयन गरिएको हो ।

विभिन्न राजनीतिक दलमा आस्था राख्ने पेशागत कानुन ब्यवसायीका अगुवाको रोहवरमा पदाधिकारी लगायत सदस्य पदमा एक–एक जनाको मात्र उम्मेदवारी परेपछि नेतृत्व सर्वसम्मत रुपमा चयन भएको हो ।

सहमति अनुसार, अध्यक्षमा प्रजातान्त्रिक कानुन ब्यवसायीका शिवकुमार श्रेष्ठको मात्र उम्मेदवारी परेको छ । भने, उपाध्यक्षमा चित्रबहादुर केसी, सचिवमा पदम पाण्डे र कोषाध्यक्षमा सुर्जलाल थारुले मात्र उम्मेदवारी दिएका थिए ।

केसी र थारु प्रजातान्त्रिक कानुन ब्यवसायी र पाण्डे एमाले निकट पेशागत तथा प्रगतिशील कानुन ब्यवसायी संगठनमा आवद्ध छन् । एक पदमा एकजनाको मात्र उम्मेदवारी परेकोले सवैजना निर्विरोध निर्वाचित भएको प्रमुख निर्वाचन अधिकृत अर्जुनकुमार पोख्रेलले बताए ।

त्यसैगरि, सदस्यमा पुरुषोत्तमकुमार डाँगी, विक्रम भण्डारी, गणेशमान केसी, रामचन्द्र घिमिरे, मोहनविक्रम अर्याल, राकेशकुमार सोनी, कुम्भराज मिश्र, कर्णबहादुर केसी र अमृता केसीको मात्र उम्मेदवारी परेकोले सर्वसम्मत रुपमा चयन भएको निर्वाचन समितिका विनोदकुमार गुप्ताले जानकारी दिए ।

प्रतिक्रिया