इभेन्टमा भविष्य खोज्दै ‘प्रेमा’

नेपालगन्ज : इभेन्टको दुनियाँमा आफ्नो नाम लेखाउने हुटहुटी । इभेन्टबाट जिविकीपार्जन मात्रै होईन, त्यसैबाट आफ्नो पहिचान बनाउने मनभित्रको संकल्पले झकिझकाउ रहने नेपालगन्जको इभेन्ट दुनियाँमा आफुलाई अब्बल बनाउन लागिपरेको एउटा नाम हो “प्रेमा” अर्थात पूरा नाम प्रेमा ओली ।

नेपालगन्ज देखी ८ किलोमीटर टाढा रहेको खजुरामा जन्मिएर खजुरामै स्कुलको पढाइ सकेकी प्रेमाले नेपालगन्ज र दाङमा केहि सफल इभेन्ट आयोजना गरिसकेकी छिन् ।

२०१९ मा दाङमा पहिलोपटक मिस्टर एण्ड मिस दाङ २०१९ को सफल आयोजना गरेर नेपालगन्जमा मिस्टर नेपालगन्ज २०१९ फेसन तथा  सौर्न्दर्य प्रतियोगिता आयोजना गरेको उनले २०२० मा भने कुनै पनि इभेन्ट गर्न पाएनन् ।

बिश्वब्यापी रुपमा महामारीको रुपमा फैलिएको कोरोना भाइरसको चपेटामा सबै आर्थिक क्रियाकलाप रोकिदा प्रेमाको तयारी रहेको इभेन्टहरु रोकिए ।

मिस्टर एण्ड मिस दाङको आयोजना कोरोना महामारीकै कारण रोकिए पनि कोरोना भाइरस बिरुद्धको खोप र संक्रमण ग्राफ न्यून भएर आर्थिक कारोबार सुरु भए संगै दाङमा दोस्रो मिस्टर एण्ड मिस दाङ २०२१ को सफल आयोजना गरेको प्रेमा र प्रेमाको सयपत्री फाउन्डेसनले अहिले भने मिस्टर नेपालगन्ज २०२१ को आन्तरिक तयारी गरि रहेको बताउछिन् ,

“हामिले केही महिना अगाडी मात्रै मिस्टर एण्ड मिस दाङको सफल आयोजना गरिसकेका छौ, भने मिस्टर नेपालगन्जको तयारी आन्तरिक रुपमा चलिरहेको छ । मिस्टर नेपालगन्जलाई पहिलो सिजन भन्दा पनि भब्य बनाउने हाम्रो योजना रहेको छ, यसै पनि मिस्टर नेपालगन्ज हरेक दुई बर्षमा एक पटक आयोजना हुने गर्छ।”

नेपालगन्जमा हुने इभेन्ट र उस्तै प्रकृतिका फेसन तथा सौन्दर्य प्रतियोगिताहरु हेर्दाहेर्दै इभेन्ट अर्गनाइजरको दुनियाँमा प्रवेश गरेकी प्रेमाले नेपालगन्जमा केही इभेन्ट तथा सौन्दर्य प्रतियोगिता अन्य इभेन्ट कम्पनी संग आवद्ध रहेर काम समेत गरिसकेकी थिइन् ।

केही इभेन्टमा काम गरिसके पछिको अनुभवले यो फिल्डमा केही राम्रो गर्नुपर्छ र नेपालगन्जमा ब्यवसायिक इभेन्ट गर्नुपर्छ भन्ने संकल्पले गर्दा आफुले इभेन्ट तथा सौन्दर्य प्रतियोगिता आयोजना गर्ने काम रोजेको बताउछिन् ।

“कुनै पनि काम सजिलो पक्कै हुँदैन, हरेक काममा केही अप्ठेरा र खाराबी पक्कै हुन्छ तर आफ्नो रहर र इच्छा भएकै क्षेत्रमा काम गर्न रमाइलो हुन्छ त्यसैले पनि मैले इभेन्टकै क्षेत्रमा दुख गर्नु पर्छ र यहि क्षेत्रमा मलाई खुसी मिल्छ भने यहि नै सम्भावना खोज्नु पर्छ भन्ने लाग्छ । त्यसैले पनि केही इभेन्टहरु घाटामै गए पनि मैले हरेस खाएन र पछि भने राम्रो नै हुँदै गएको छ ।” प्रेमा आफ्नो इभेन्ट प्रतिको लगाव र कामको बारेमा बताउछिन् ।

प्रेमाले हाल सम्म मिस्टर एण्ड मिस दाङ र मिस्टर नेपालगन्ज दुई वटा इभेन्ट गर्दै आएकी छिन भने आगामी दिनमा दाङमै आयोजना गर्ने नयाँ इभेन्टको तयारी समेत चलिरहेको बताउछिन् ।

नेपाली नयाँ  बर्ष देखी आयोजना गर्ने तयारी गरिरहेको पेमाको नयाँ इभेन्टको नाम लिटल एण्ड टिन दाङ हो । यो इभेन्ट चाहि अलि फरक किसिमको हुने बताउछिन् प्रेमा ।

नेपालगन्ज र दाङमा केहि राम्रा इभेन्टहरुको सफल आयोजना गरेको प्रेमाको लागी सुखद मात्रै अनुभव छैन, आफ्नो पहिलो इभेन्टमा ठुलै नोक्सान ब्यहोर्नु परेको तितो अनुभव समेत छ ।


फेेेसन तथा सौन्दर्य प्रतियोगिता वा त्यस्तै प्रकृतिका इभेन्टमा ठुला स्पोन्सरको कमि छ । ठुला स्पोन्सर सम्म पहुँच नहुनु प्रेमाको मात्रै समस्या होईन । विशेषगरि नेपालगन्जमा आयोजना हुने अक्सर यस्ता कार्यक्रम आयोजना गर्ने आयोजकको पनि उहीँ समस्या छ । जसले गर्दा नेपालगन्जका इभेन्टहरु उतिसारो चर्चामा समेत आउदैनन ।

इभेन्टमा स्पोन्सरको कमि , अझै पनि फेसन संग सम्बन्धि ज्ञान नहुन र पहिले जस्तो फेसन र सौन्दर्य प्रतियोगिता प्रतिको क्रेज अहिले नहुनुले यस्ता इभेन्ट आयोजना गर्न केही समस्या भएको उनको अनुभव छ ।
तर पनि प्रेमा भने फेसन, सौन्दर्य प्रतियोगिता वा यस्तै प्रकृतिका ट्यालेन्ट प्रतियोगिता आयोजना गर्न निरन्तर लागि पर्ने बताउछिन् ।


“जीवनमा केहि गरौ भन्ने सोचका साथ काम गर्दै आएको छु र अझै पनि काम गर्दै छु, मैले पैसाकै लागि इभेन्टहरु गरेको होइन । कहिलेकाहीँ आत्मसन्तुष्टि र यो फिल्डमा केही राम्रो काम गरौ भन्ने उदेश्यले काम गर्दै छु र राम्रो काम गर्दै गयो भमे पक्कै सफल भइने छ “

नेपालगन्जमा मात्रै होईन अन्य स्थानमा समेत केही स्तरहिन फेसन, सौन्दर्य र ट्यालेन्ट प्रतियोगिताहरुले सबै इभेन्टलाई बदनाम गर्ने कार्य हुँदै आएको र त्यस्ता केही कार्यक्रम र आयोजकले गर्दा सबै इभेम्ट आयोजकलाई समस्या परेको बताउछिन् प्रेमा ।

“हामी मध्यकै केहिले स्तरहिन इभेन्ट गर्छौ र त्यसको खराब म्यासेज सबैमा पर्न जान्छ त्यसैले हामिले कम इभेन्ट गर्मे तर सफल र भब्य बनाउने कोसिसमा सधै रहन्छौ ।” प्रेमा बताउछिन् ।

प्रतिक्रिया