६४ औं सहकारी दिवसको मौकामा सहकारी प्रशिक्षालयले सुरु गर्‍यो वेबसाईट

नेपालगन्ज : सहकारी प्रशिक्षालय नेपालगन्ज बाँकेले ६४ औं सहकारी दिवसको अवसर पारेर आफ्नो विभिन्न सेवा सहितको वेबसाईटको सुभारम्भ गरेको छ ।

कार्यक्रमका प्रमुख अतिथि तथा भुमी ब्यवस्था कृषि तथा सहकारी मन्त्रालयका सचिव डा. रेवती रमण पौडेलले नेपालगन्जमा आयोजित एक कार्यक्रमका बिच वेबसाईटको शुभारम्भ गरेका हुन् ।

सहकारी प्रशिक्षालय नेपालगन्ज बाँकेको अफिसियल वेबसाईट www.ctcbanke.gov.np को सुचारु गरिए संगै प्रशिक्षार्थीले अनलाइनबाट नै सहकारी ऎन नियम संगै तालिम समेतको सुचना प्राप्त गर्न सकिने सहकारी प्रशिक्षालयका निमित्त प्रमुख तथा कार्यक्रमका अध्यक्ष दिल कुमार वलिले बताएका छन्  ।

त्यस्तै सहकारी प्रशिक्षालयको वेबसाईटमा कार्यालयले दिने सेवा संगै तालिम तथा कहिले तालिम खुल्ने छ त्यसको जानकारी संगै विभिन्न सुचनाहरु प्राप्त गर्न सकिने बताइएको छ ।

मर्यादित ब्यवसाय र प्रविधिमा सहकारी भन्ने नाराका साथ ६४ औं राष्ट्रिय सहकारी दिवस मनाउने क्रममा विभिन्न कार्यक्रममा बनेका विजेताहरुलाई समेत नगत सहित पुरस्कार बितरण गरिएको थियो ।
कार्यक्रममा विशिस्ट अतिथी प्रेम प्रसाद सुबेदी, तालिम कार्यक्रम सहजीकरण जिवानन्द ढुंगाना, तालिम संयोजक विश्वलाल खड्का लगायतको उपस्थिति रहेको थियो भने कार्यक्रमको संचालन सहकारी फोकल पर्सन प्रसाराम भुसालले गरेका थिए ।

प्रतिक्रिया