नेपालगंज : नेपालगन्ज यौनजन्य ब्यवसाय बढ्दै गएको पाइएको छ । भारतीय नागरिकहरुका लागि यौनजन्य क्रियाकलापको लागि उत्कृष्ट गन्तब्यको रुपमा विकसित बनेको नेपालगन्जका ठुला स्टार होटेल, नजिकका पर्यटकीय स्थानहरु उनीहरुको रोजाईमा पर्ने गरेको होटेल ब्यवसायीहरु नै बताउने गर्छन् ।
आधुनिकताले धकेल्दै यौन व्यवसायमा
नेपालगंज मध्यपश्चिमको केन्द्र हो, अध्ययन होस् या रोजगारी नेपालको कर्णाली प्रदेश, सुदुर पश्चिम प्रदेश र लुम्बिनी प्रदेशको बिभिन्न जिल्लाका व्यक्तिहरुको पहिलो रोजाइमा पर्दै आएको छ । ब्यापार व्यवसाय देखि हरेक किसिमले नेपालगंज केन्द्र रहदा फेसन र आधुनिकताले नेपालगंजलाई अन्य जिल्ला भन्दा छिटै प्रभावमा पर्ने गर्छा, पर्व मनाउने तरिका, फेसन र विभिन्न किसिमको पार्टी र रहनसहनले युवा पुस्तालाई फरक किसिमले धकेली रहेको छ । त्यसै सेरोफेरोमा युवायुवतीहरु जानेर वा अन्जानमा वा लहलहैमा यौन व्यवसायमा छिरिरहेको जानकारहरु बताउने गर्छन ।
यौन व्यवसाय नेपालगंजमा बढ्नुको प्रमुख कारण आर्थिक अभाव, विलासी जिबन सैलीको रहर र देखासिखी प्रमुख कारण हो भने कतिपय भने लागुऔष दुर्व्यसनको सिकार भए संगै लागुऔष सेवनको लागि आर्थिक जुटाउन समेत यौन पेशामा लागेको बुझिएको छ ।
आधुनिकताले युवा पुस्ताले सोच्ने तौरतरिकालाई नै परिवर्तन गरिदिएको अवस्थामा यौन व्यवसाय खुल्ला हुदै समेत गएको छ । घर तथा कोठा भाडामा लिएर व्यवसायिक रुपमा अध्ययन तथा रोजगारीमा लागेका व्यक्तिहरुले समेत गुणस्तरीय जीवन प्राप्तिको आशामा त्यस्ता पेशामा लाग्ने गरेको खुलेको छ ।
विश्वबजारको सुबिधा संगै आउने विलासी सामान, महंगा ग्याजेट, फेसनका किट तथा साधान, अनि प्रविधिको विकासले पश्चिमा देशमा भएका यौन प्रतिको खुल्ला बुझाइ जस्ता कयौ फ्याक्टरले गर्दा यौन व्यवसाय संगठित संगै बिकेन्द्रिकृत हुदै व्यक्तिगत कोठा वा घर सम्म पुगेको छ ।
केहि वर्ष अगाडी सम्म नेपालगंज वा अन्य शहरमा केहि होटेल र रिसोर्ट जस्ता स्थानमा मात्रै सिमित रहेको यौन व्यवसाय अहिले युवा पुस्ताको संग्लाग्नता संगै यौन व्यवसाय समेत आधुनिक शैलीमा रुपान्तरित हुदै गएको छ ।
प्रबिधि मैत्री बनेको युवा पुस्ता प्रबिधि मार्फत नै आफ्ना ग्राहक र यौनकर्मीको खोजि सहजै गर्न सक्ने भएका छन्, जसले गर्दा प्रहरी वा प्रशासनको समेत कुनै टाउको दुखाइ नहुने र प्रहरीको पहुच भन्दा टाढा हुने उनीहरुको बुझाइ छ ।
कसरि हुन्छ मोलमोलाइ ?
नेपालगन्जको मात्रै होईन, बाँकेको कोहलपुर, चप्परगौरी, राझा एरर्पोर्ट र बाकेका होमस्टेमा समेत त्यस्ता क्रियाकलाप मौलाउदै गरेको जानकारहरु बताउदै आएका छन् । उसो त नेपालगन्ज वा बाँके जिल्लामा ठुला होटेल र होमस्टेमा मात्रै त्यस्ता क्रियाकलाप हुने गरेको भने होइन, नेपालगन्जका केही स्थानहरूमा साझपख सडक छेउछाउमै यौवनको मोलमोलाइ हुनेगरेको बताइन्छ । तर सडक छेउछाउमा भएका मोलमोलाई मात्रै यौन जन्य व्यवसायको आधार हुँदै होइन, यहाँ हरेक कुराको सेटिंग हुने बताउछन एक होटेल व्यवसायी |
कतिपय अवस्थामा होटेलमा स्वयम् ग्राहक र यौनकर्मी आउने गरे पनि अक्सर त्यस्ता कार्य गर्ने होटेलहरुको सम्पर्क यौनकर्मी महिला संग हुने गर्छ र यौन व्यवसायको ठुलो हिस्सा होटेल तथा त्यस्ता धन्दा गर्ने गिरोह संग हुने गर्छ | उनले बताए |
प्रबिधिलाई प्रयोग गरेर समेत त्यस्ता डिलहरु हुने गरेको कयौ उदाहरण समेत छन् । सामाजिक संजाल फेसबुक, इन्स्टाग्राम, टुइटर र टिन्डर जस्ता एपको माध्यमद्वारा यौनको मोलमोलाइ तथा खरिदबिक्री हुने गरेको छ र त्यसको भनक प्रहरी र प्रशासनलाई नहुने भएका कारण समेत यस्ता यौनजन्य क्रियाकलाप नेपालगन्जमा समेत मौलाउदै गएको छ ।
प्रहरीको सक्रियता
त्यसो त नेपालगन्जमा प्रहरिले त्यस्ता क्रियाकलापलाई रोक्न प्रयास भने नगरेको होईन , नेपालगन्ज वडा प्रहरी तथा जिल्ला प्रहरी कार्यालयले बेलामौकामा त्यस्ता यौनजन्य क्रियाकलाप हुने होटेलहरुमा छापा मार्ने र त्यस्ता क्रियाकलापमा संलग्न हुने ब्यक्ती तथा होटेल संचालकलाई नसियत समेत दिने गरेको छ तर पनि त्यस्ता क्रियाकलाप भने रोकिएको छैन ।
भने अधिकाश लागुपदार्थ दुर्ब्यसनमा लागेका युवा युवतिहरु समेत त्यस्ता क्रियाकलापमा होमिएको नेपालगन्जमा विभिन्न समयमा हुने एनजीओको गोष्टिहरुमा सरोकारवाला निकायले बताउदै आएका छन् । सुचना प्रबिधिको बिकास, दैनिक बढ्दै जाने महङ्गी, रोजगारीको सृजना नहुनु र लहलहै जस्ता कयौ कारणले गर्दा अहिलेको युवतिहरु यस्ता यौनजन्य क्रियाकलाप होमिदै गएको एक अध्यनले देखाएको छ ।











