६४ औँ सहकारी दिवस :रक्तदान कार्यक्रममा रारा बहुउदेश्यीय प्रथम

नेपालगन्ज : बाँकेको कोहलपुरमा सप्ताह व्यापी मनाइएको सहकारी दिवसको कार्यक्रम सम्पन्न भएको छ । जिल्ला सहकारी संघ बाँकेको आयोजना भएको सप्ताहव्यापी रुपमा विभिन्न कार्यक्रम गरी मनाएको थियो ।

सप्ताह व्यापी कार्यक्रम अन्र्तगत भेटौँ सदस्य , रक्तदान कार्यक्रम , सरोकारवालाहरु संग छलफल , पालिका स्तरीय भेला, बाँके जिल्लाभरी रहेका सहकारीका कार्यालयहरुमा नेपालको झण्डा र सहकारी झण्डा राख्ने कार्यक्रम गरिएको थियो ।

सप्ताहव्यापी रुपमा संचालन भएको रक्तदान कार्यक्रममा ५ सय ५७ पिन्ट रगत संकलन भएको छ । जिल्ला सहकारी संघले यस वर्ष आफ्नो ६४ औँ स्थापना दिवसको अवसरमा ७ दिन सम्म संचालन गरिएका कार्यक्रमको शुक्रवार औपचारिक कार्यक्रम समापन गरिएको छ ।

समापन कार्यक्रममा बोल्दै प्रमुख अतिथी समेत रहेका कृषि सहकारी संघ केन्द्रिय सदस्य देब बहादुर केसीले कृषि सम्वन्धी काम गर्दै आइरहेको सहकारीहरुलाई प्रोत्साहन गर्ने र केन्द्रले गर्नुपर्ने सहयोगमा आफुले निरन्तर लागि पर्ने बताएका छन् ।

लुम्बिनी प्रदेशका सहकारी संघका अध्यक्ष एवं जिल्ला सहकारी संघ र बाँकेका अध्यक्ष प्रेम सुबेदीले आफ्नो स्थापना दिनको अवसरमा सप्ताहव्यापी भएका कार्यक्रमहरु भव्य रुपमा सम्पन्न गर्नमा महत्वपूर्ण भूमिका निर्वाह गर्नेहरुलाई धन्यवाद दिएका थिए । साथै सामाजिक परिवर्तन संगै आर्थिक परिवर्तनमा र मानविय सहयोगमा समेत सहकारी संस्थाहरु जुट्दै गएको बताए ।

त्यस्तै कार्यक्रममा बोल्दै कृषि सहकारी संघ बाँकेकी अध्यक्ष एकता शाहले बाँके जिल्लामा आवद्ध सहकारी संस्थाहरुले शेयर सदस्यहरुलाई आर्थिक रुपान्तरणमा महत्वपूर्ण भूमिका खेल्दै जाने बताइन् । समापन कार्यक्रममा बोल्दै लुम्बिनी प्रदेश बचत तथा ऋण सहकारी संस्थाकी उपाध्यक्ष मिना सिग्देलले सहकारी संघले आगामी दिनमा एकरुपताका साथ अगाडी बढनुपर्ने बताइन् ।

साथै रक्तदान कार्यक्रममा सबैभन्दा बढि रारा बहुउदेश्यीय सहकारी संस्था कोहलपुर प्रथम, कालिका बहुउदेश्यीय सहकारी संस्था खजुरा दोश्रो र सुनगाभा स्वास्थ्य बचत तथा ऋण सहकारी संस्था लि. नेपालगञ्ज तृतिय भएका थिए भने करिब १सय २० बढि सहकारीहरु उपस्थित भएका थिए ।

साथै समापन कार्यक्रम प्रकृति अनुसारका सहकारीले गरेका कामहरुलाई जिल्ला सहकारी संघले कर्मचारीदेखी सहकारीलाई सम्मान गरेको थियो । साथै कार्यक्रम जिल्ला सहकारी संघका व्यवस्थापक नवराज रिजालले संचालन गरेका थिए ।

प्रतिक्रिया