
फाइल फोटो
नेपालगन्ज : बाँकेको नरैनापुर गाउँपालिका वडा नम्बर ४ खोदावां गाउँमा भीषण आगलागी भएको छ । यस अघि पनि नरैनापुर गाउँपालिकामा दई पटक आगलागी भैसकेको छ ।
नरैनापुर गाउँपालिकाका प्रमुख इस्तियाक अहमद शाहले दिएको जानकारी अनुसार आज पुनः नरैनापुर गाउँपालिका वडा नम्बर ४ मा भीषण आगलागी भएको हो ।आगलागीबाट करिब ५० घर उजाडिएको अनुमान गरिएको छ । गाउँपालिका प्रमुख शाहले आफ्नो सामाजिक संजाल फेसबुकमा उक्त कुराको जानकारी दिएका छन् ।
शाहले यो विषम परिस्थितिमा केन्द्र प्रदेश र अन्य स्थानिय सरकारलाई सहयोगको लागि अपिल गरिएको बताएका छन् । बिस्तृतमा विवरण आउन बाँकी।
हेर्नुस् प्रमुख शाहले लेखेको स्टाटस
