अपडेट : नरैनापुरमा १२० बढी घर जल्यो (हेर्नुस् कहालीलाग्दो फोटो)

नेपालगन्ज : बाँकेको नरैनापुर गाउँपालिका वडा नम्बर ४ खोदावां गाउँमा भीषण आगलागी भएको छ ।

नरैनापुर गाउँपालिकाका प्रमुख इस्तियाक अहमद शाहले दिएको जानकारी अनुसार आज पुनः नरैनापुर गाउँपालिका वडा नम्बर ४ मा भीषण आगलागी भएको हो ।आगलागीबाट करिब १२० बढि घर जलेको छ ।

उता नरैनापुर गाउँपालिका प्रमुख शाहले आफ्नो सामाजिक संजाल फेसबुकमा उक्त कुराको जानकारी दिएका छन् ।

शाहले यो विषम परिस्थितिमा केन्द्र प्रदेश र अन्य स्थानिय सरकारलाई सहयोगको लागि अपिल गरिएको बताएका छन् ।

प्रतिक्रिया