पत्रकारको चुनाव : बाँकेको मतगणना सुरु

नेपालगन्ज : नेपाल पत्रकार महासंघ बाँके शाखाको नयाँ नेतृत्व चयनका लागि भएको निर्वाचनको मतगणना शुरु भएको छ । बुधबार भएको निर्वाचनमा झन्डै ९६ प्रतिशत मत खसेको थियो । निर्वाचन अधिकृत केशव कोइरालाका अनुसार कूल मतदाता ३२३ रहेकोमा २ सय ९६ मत खसेको हो ।

जुन कूल मतको ९१.६४ प्रतिशत मतदान भएको हो । महासंघमा नेपाल प्रेस यूनियन, प्रेस संंगठन, प्रेस चौतारी र प्रगतिशील पत्रकार संघको संयुक्त लोकतान्त्रिक व्यवसायिक पत्रकारको प्यानलबाट अध्यक्षमा दामोदर भण्डारीसहित र प्रेस चौतारी, प्रेस संगठन, प्रेस मञ्चलगायतको साझा प्यानलबाट अध्यक्षमा डक्टप्रसाद धितालको प्यानलसहित २० सदस्यीय कार्यसमिति, राष्टिय परिषद सदस्य ७ र प्रदेश परिषद् सदस्य २२ जना चुनावी मैदानमा छन् ।

कुनै अवरोध नभए आज सबै परिणाम आउने निर्वाचन समितिका संयोजक कोइरालाले बताउनुभयो ।

प्रतिक्रिया