बाँकेका प्रमुख एसपी राना बिभुषित

नेपालगन्ज : जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख एसपी ओम बहादुर राना प्रवल जनसेवाश्री चतुर्थ श्रेणीबाट बिभुषित भएका छन् ।

नेपाल राष्ट्रको गौरव एवं नेपाली जनताको हित अभिबृद्धिमा पुर्‍याएको उल्लेखनिय गोगदानको उच्च मुल्याङ्कन गर्दै प्रवल जनसेवाश्री चतुर्थ श्रेणीबाट बिभुषित भएका हुन् ।

संबिधान दिवश २०७६ सालको अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीबाट बिभुषण प्रदान गर्ने घोषणा बमोजिम नै प्रवल जनसेवाश्री चतुर्थ श्रेणी प्रदान गरिएको हाे ।

बाँके प्रहरी प्रमुख राना बाँकेमा आएदेखि नै निरन्तर अपराधीहरू पक्राउ गर्ने कार्यलाई निरन्तरता दिएका छन् ,भने सफलता पनि पाईरहेका छन् ।

प्रतिक्रिया