बाँकेमा कोरोना संक्रमण उकालो लाग्दै, भारतबाट आउनेमा देखिदै पोजेटिभ

नेपालगन्ज : बाँकेमा दिनप्रतिदिन कोरोनाको ग्राफ उकालो लागि रहेको छ । दैनिक रुपमा कोरोना पोजेटिभ केस बढ्दै गएको छ भने भारतबाट नेपाल फर्कने ब्यक्तिमा समेत दैनिक जसो कोरोना पोजेटिभ देखा परेको छ ।

शनिबार मात्रै भेरी अस्पताल नेपालगन्जको ल्याबमा गरिएको परिक्षणमा मात्रै २१ जनामा कोरोना परिक्षण पुष्टि भएको छ ।

भेरी अस्पतालले ६१ जनामा कोरोना भाइरस संक्रमण परिक्षण गर्दा २१ जनामा कोरोना पोजेटिभ देखा परेको हो । जसमध्ये १६ जना नेपालगन्जका, कोहलपुरका २, जानकी गाउँपालिकाका १ र बर्दियाका २ जना रहेका छन् ।

त्यस्तै नेपालगन्जको जमुनाह सिमानाकामा भारतबाट आएका बैजनाथ ३ बाँके घर भएका २७ वर्षका पुरुषमा समेत कोरोना पुस्टी भएको बाँकेका कोरोना फोकल पर्सन तेज ओलीले जनाएका छन् ।

उता छिमेकी राष्ट्र भारतका केही राज्यहरूमा दैनिक ५० औं हजारको संख्यामा कोरोनाका पोजेटिभ केस देखा पर्दै गएको छ । कोरोनाको पहिलो लहरको रेकर्ड समेत तोड्दै कोरोना पोजेटिभ केसको मामिलामा दैनिल नयाँ रेकर्ड कायम गर्दै महामारीको सिकार भैरहेको छ भारत । त्यस्तोमा भारत संग खुल्ला सिमाना रहेको नेपाल र नेपालगन्ज कोरोनाको उच्च जोखिममा रहेको छ ।

प्रतिक्रिया