बाँकेको कोहलपुरबाट पेस्तोलसहित तीन जना पक्राउ

नेपालगन्ज : बाँकेमा कटुवा पेस्तोलसहित तीन जनालाई पक्राउ परेका छ्न । उनिहरु कोहलपुरबाट प्रहरीको फन्दामा परेका हुन ।

इलाका प्रहरी कार्यालय, कोहलपुरका अनुसार, कोहलपुरको हाइस्कूल चोक नजिक पैदल हिडिरहेका दुई भारतीय र एक नेपालीको साथबाट कटुवा पेस्तोल र गोली बरामद भएको हो ।

कोहलपुरका डीएसपी रविन्द्र खनालले विशेष सूचनाका आधारमा जाँच गर्दा भारत बाबागञ्जका महताप्रसाद खटिक र नकछेद पाछी तथा कोहलपुरका सुरज लामिछानेलाई पक्राउ गरिएको बताउनुभयो ।

पेस्तोल खटिकले कम्मरमा लुकाएका थिए । प्रहरीले उनीहरुका बारेमा आवश्यक अनुसन्धान भइरहेको जनाएको छ ।

प्रतिक्रिया