नेपालगन्जको सिमानाका हुँदै भारतबाट आएका ३ जनामा कोरोना पुष्टि

नेपालगन्ज : त्यस्तै नेपालगन्जको जमुनाह सिमानाका हुँदै भारतबाट नेपाल प्रवेश गर्ने तीन जनामा शनिबार कोरोना पुष्टि भएको छ ।

नेपालगन्जको जमुनहा सिमानाका हुँदै नेपाल प्रवेश गरेका बैजनाथ ३ बाँके घर भएका २७ वर्षका पुरुषमा कोरोना पुस्टी भएको छ भने, बारबर्दिया ७ का २५ वर्षका पुरुष र नारायण न.पा. ५ दैलेखका २१ वर्षका पुरुषमा पनि कोरोना पुस्टी भएको बाँकेका कोरोना फोकल पर्सन तेज ओलिले जनाएका छन् । उनिहरुको हाल भेरी अस्पतालमा उपचार थालिएको छ ।

त्यस्तै नेपालगन्ज उपमहानगरपालिकाले जमुनहा सिमानाकामा सुरु गरेको अत्याधुनिक हेल्थ डेक्सबाट चैत्र ११ देखी हाल सम्म ६२०४ लाइ स्वास्थ्य चेकजाँच गरिएको छ भने संकासपद १०९ जनाको कोरोना एन्टिजिन जांच गर्दा गुजरात र महारास्ट्र बाट आउने १० जनामा संक्रमण पुष्टि भएको फोकल पर्सन ओलीले बताएका छन् ।

यता शनिबार नै भेरी अस्पताल नेपालगन्जको ल्याबमा गरिएको परिक्षणमा मात्रै २१ जनामा कोरोना परिक्षण पुष्टि भएको छ ।

भेरी अस्पतालले ६१ जनामा कोरोना भाइरस संक्रमण परिक्षण गर्दा २१ जनामा कोरोना पोजेटिभ देखा परेको हो । जसमध्ये १६ जना नेपालगन्जका, कोहलपुरका २, जानकी गाउँपालिकाका १ र बर्दियाका २ जना रहेका छन् ।

उता छिमेकी राष्ट्र भारतका केही राज्यहरूमा दैनिक ५० औं हजारको संख्यामा कोरोनाका पोजेटिभ केस देखा पर्दै गएको छ । कोरोनाको पहिलो लहरको रेकर्ड समेत तोड्दै कोरोना पोजेटिभ केसको मामिलामा दैनिल नयाँ रेकर्ड कायम गर्दै महामारीको सिकार भैरहेको छ भारत । त्यस्तोमा भारत संग खुल्ला सिमाना रहेको नेपाल र नेपालगन्ज कोरोनाको उच्च जोखिममा रहेको छ ।

प्रतिक्रिया