बाँके प्रहरीद्वारा ब्राउन सुगरसहित एकजना पक्राउ

नेपालगन्ज : बाँके प्रहरीले ब्राउन सुगरसहित एक जनालाई पक्राउ गरेको छ । नेपालगन्ज उपमहानगरपालिका १६ जैसपुर बस्ने बर्ष २४ को गब्बार राई भन्ने हसीब हुसैनलाई आज पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

कबडिया चौलिका प्रहरी बिट नजिकबाट बिशेष सुचनाको आधारमा लागू औषध ब्युरो र सिमा प्रहरी बाट खटिएको टोलिले चेकजांच गर्दा पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

उनले हाफ पाइन्टको दाहिने गोजिमा लुकाइ ल्याएको अबस्थामा लागू औषध ब्राउन फेला परेको हो । उक्त लागू औसधको परिमाण १५ ग्राम रहेको छ ।

पक्राउ परेका गब्बार्लाइ इ.प्र.का जैसपुर चौकी मार्फत थप अनुसन्धानका लागि जि.प्र.का बाँके पठाइएको सिमा चौकीका इन्चार्ज मीन बहादुर बिष्ट ले बताउनु भयो ।

प्रतिक्रिया