बाँकेमा ४० कोरोना संक्रमित थपिए, उपचारार्थ एकको मृत्युु

नेपालगन्ज : बाँकेमा दिनप्रतिदिन कोरोनाको ग्राफ उकालो लागि रहेको छ । शनिबार मात्रै बाँकेमा ४० जना कोरोना संक्रमित थपिएका छन् ।

शनिबार बाँकेमा भेरी अस्पताल तथा अन्य ल्याबमा गरिएको परिक्षणमा ४० जनामा कोरोना पुष्टि भएको हो ।

आज नै बाँकेमा एकजना कोरोना संक्रमितको मृत्युु समेत भएको छ । मृत्युु हुनेमा दुल्लु ७ दैलेखका  ७३ वर्षकि महिला हुन् , उनको भेरी अस्पताल नेपालगन्जमा उपचारकै क्रममा मृत्यु भएको बाँकेका कोरोना फोकल पर्सन तेज ओलीले बताएका छन् ।

छिमेकी राष्ट्र भारतमा कोरोना संक्रमणको दोस्रो लहर देखा परे संगै बाँकेमा दैनिक रुपमा कोरोना पोजेटिभ केस बढ्दै गएको छ । भारतबाट नेपाल फर्कने ब्यक्तिमा समेत दैनिक जसो कोरोना पोजेटिभ देखा परेको छ ।

शनिबार मात्रै बाकेको जमुनहा सिमानाकाबाट भित्रने ३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

उता छिमेकी राष्ट्र भारतका केही राज्यहरूमा दैनिक ५० औं हजारको संख्यामा कोरोनाका पोजेटिभ केस देखा पर्दै गएको छ । कोरोनाको पहिलो लहरको रेकर्ड समेत तोड्दै कोरोना पोजेटिभ केसको मामिलामा दैनिल नयाँ रेकर्ड कायम गर्दै महामारीको सिकार भैरहेको छ भारत । त्यस्तोमा भारत संग खुल्ला सिमाना रहेको नेपाल र नेपालगन्ज कोरोनाको उच्च जोखिममा रहेको छ । यस अगाडी कोभिड संक्रमितको संख्या अन्यथा भएकोमा सच्याइएको छ |

प्रतिक्रिया