नेपालगन्ज : नेपाल पत्रकार महासंघ बाँकेमा निर्वाचित दुई जना सदस्यलाई नेपालगन्जमा सम्मानित गरिएको छ ।

द केक एण्ड बेकरीका संचालक अतुल गुप्ताले पत्रकार महासंघका नवनिर्वाचित सदस्य जावेद अन्सारी र भीष्म प्रसाद लोधलाई सम्मान गर्नुभएको हो ।

पत्रकार महासंघको यही २५ गते भएको निर्वाचनमा अन्सारी र लोभ विजयी हुनुभएको थियो । संचालक गुप्ताले सफल कार्यकालको शुभकामना दिदै महासंघको गरिमा उचो बनाउने कार्यमा लाग्न सुझाव दिनुभयो । त्यसक्रममा अन्सारी र लोधले व्यवसायीक पत्रकारितामा जोड दिनुभयो ।


आज खुवाइदै शपथ
नेपाल पत्रकार महासंघ बाँकेको चैत्र २५ गते बुधवार सम्पन्न १२ औं जिल्ला अधिवेशन तथा निर्वाचनबाट नवनिर्वाचित बाँके जिल्ला कार्यसमितिका पदाधिकारी–सदस्य, लुम्विनी प्रदेश परिषद् सदस्य तथा राष्ट्रिय परिषद् सदस्यहरुलाई प्रमाण पत्र वितरण तथा शपथग्रहण कार्यक्रम आइतबार नेपालगन्ज गरिने भएको छ ।
नेपालगन्जको सिद्धार्थ कटेजमा १० बजे देखि उक्त शपथ ग्रहण तथा प्रमाणपत्र वितरण कार्यक्रम सुरु हुने निर्वाचन कमिटिका संयोजक पुर्णलाल चुकेले बताएका छन् ।













