खजुरामा घरेलुको नयाँ समिति

नेपालगन्ज :

खजुरामा घरेलुको नयाँ समिति

नेपाल घरेलु तथा साना उद्योग महासंघ, खजुरा गाउँपालिका समितिको प्रथम अधिवेशनले बाँकेको खजुरा गाउँपालिका स्तरीय नयाँ समिति निर्वाचित गरेको छ ।

सूर्यप्रसाद नेपालीको अध्यक्षतामा नयाँ समिति निर्वाचित भएको हो । घरेलु महासंघ, खजुराको उपाध्यक्षमा तुलबहादुर कँडेल, मनोहर केसी, सचिवमा सुजता खरेल, कोषाध्यक्षमा धर्मराज पोख्रेल, टेकबहादुर श्रेष्ठ र वीरबहादुर बुढाक्षेत्री चयन भएका छन् ।

अधिवेशन समारोहलाई सम्बोधन गर्दै खजुरा गाउँपालिका प्रमुख किस्मतकुमार कक्षपतिले सबै घरेलु उद्योग गाउँपालिकामा सूचीकृत हुन आग्रह गरे ।

उनले खजुरामा औद्योगिक ग्रामको काम अगाडि बढ्न लागेको भन्दै उक्त औद्योगिक ग्रामलाई पूर्णता दिन उद्योगीहरुको भूमिका देखिनु पर्ने बताए ।

खजुरा गाउँपालिका वडा नं. ६ मा २१ विगाहा क्षेत्रफलमा औद्योगिक ग्रामका लागि सरकारसंग सम्झौता भएर खजुराले ९२ लाख टोकनमनी प्राप्त गरेको अध्यक्ष कक्षपतिले बताए ।

उनले स्थानीय तह र प्रदेश सरकारको ४० प्रतिशत ६० प्रतिशत केन्द्र सरकारको रहने गरी औद्योगिक ग्राम निर्माणका लागि डिपिआर हुन गइरहेको जानकारी दिए ।

महासंघ खजुराका अध्यक्ष सन्तकुमार खत्रीको अध्यक्षतामा भएको कार्यक्रममा खजुरा गाउँपालिका उपप्रमुख एकमाया विक, वडा नं. ३ का अध्यक्ष कान्तुराम गौतम, घरेलु महासंघ बैजनाथ गाउँपालिका अध्यक्ष दुर्गाबहादुर घिमिरेलगायतले शुभकामना व्यक्त गरेका थिए ।

प्रतिक्रिया