खजुराका एक युवकमा कोरोना पुष्टि

नेपालगन्ज : भारत लगायत बिश्वका कयौं देशमा कोरोना संक्रमणको दोस्रो लहर सुरु भए संगै महामारीको रुप लिइरहेको बेला भारतबाट नेपाल फर्कने नेपालीहरुमा कोरोना संक्रमण देखा पर्दै आएको छ ।

आइतबार मात्रै नेपालगन्जको जमुनहा सिमानाका हुँदै नेपालगन्ज भित्रने खजुराका एक जना पुरुषमा कोरोना पुष्टि भएको छ ।

भारतको महाराष्ट्रबाट आएका खजुरा गाउँपालिका वडा नं. ४ का २७ वर्षीय पुरुषमा कोरोना पुष्टि भएको हो ।

प्रतिक्रिया