भेरीमा ७८ जनाको पिसिआर चेक गर्दा ४१ मा कोरोना पुष्टि

नेपालगन्ज : बाँकेको भेरी अस्पताल नेपालगन्जमा पिसिआर परिक्षण गरिएको मध्य करिब ५० प्रतिशतमा कोरोना संक्रमण पुष्टि भएको छ ।

भरी अस्पताल नेपालगन्जमा शनिबार संकलन गरिएको स्वाबको ५० प्रतिशतको पिसिआर रिपोर्ट पोजेटिभ आएको हो ।

भेरी अस्पतालले शनिबार ७८ जनाको स्वाब लिएकोमा ४१ जनामा कोरोना संक्रमण पुष्टि भएको बाँकेका कोरोना फोकल पर्सन तेज ओलीले जनाएका छन् ।

त्यस्तै आइतबार भारतबाट नेपालगन्ज सिमानाका भएर नेपाल प्रवेश गर्ने एक जनामा कोरोना पुष्टि भएको छ ।

आइतबार नेपालगन्ज नाका भएर नेपाल प्रवेश गरेका सिम्ता २ काफलकोट सुर्खेत का १९ वर्ष का पुरुषमा कोरोना पुष्टि भएको र उनको हाल भेरी अस्पतालमा उपचार फोकल पर्सन तेज ओलीले जनाएका छन् ।

प्रतिक्रिया