भेरीमा ५४ जना कोरोना संक्रमितको उपचार हुँदै,२४ को अवस्था सिकिस्त

नेपालगन्ज : बाँकेमा चैत महिनाको हालसम्म १९६ जना सङ्क्रमित थपिएका छन् ।

सङ्क्रमित भएकाहरुमध्ये भेरी अस्पतालको कोभिड वार्डमा ५४ जनाको उपचार भैरहेको अस्पतालले जनाएको छ ।

उपचारार्थ कोरोना संक्रमितमध्ये २४ जनाको अवस्था सिकिस्त रहकाे बाँकेका कोरोना फोकल पर्सन तेज ओलीले बताएका छन् । ओलीका अनुसार उपचारार्थ ४ जना संक्रमितको भेन्टिलेटरमा राखेर उपचार भइरहेको छ । अन्य २० जनाको पनि आइसियुमा राखेर उपचार भैरहेको भेरी अस्पताल नेपालगन्जका मेसु  डा.  प्रकाश थापाले बताउनुभएको छ ।

त्यस्तै आइतबार मात्रै भेरी अस्पतालको ल्याबमा गरिएको परिक्षणमा मात्रै ४१ जनामा कोरोना पुष्टि भएको छ । भेरी अस्पताल नेपालगन्जले शनिबार ७८ जनाको स्वाब लिएकोमा ४१ जनामा कोरोना संक्रमण पुष्टि भएको बाँकेका कोरोना फोकल पर्सन तेज ओलीले जनाएका छन् ।

उता भारतमा कोरोना संक्रमण तिब्र गतिमा बढिरहेको अवस्थामा भारतबाट  नेपालगञ्ज नाका भएर आएकामध्ये ११ जनामा कोरोना पुष्टि भइसकेको छ ।

प्रतिक्रिया