नेपालगन्ज : बाँकेमा कोरोना भाइरस संक्रमण भयावह बन्दै गएको छ । बाँकेमा कोरोना संक्रमण र मृत्युको दर एक्कासि बढ्दै गएको हो ।
बाँकेको भेरी अस्पताल नेपालगन्जमा उपचारार्थ एक कोरोना संक्रमित महिलाको मृत्यु समेत भएको छ ।
बाँकेका कोरोना फोकल पर्सन तेज ओलीका अनुसार आइतबार भेरी अस्पतालको कोभिड वार्डमा भेन्टिलेटरमा उपचाररत गेरुवा ३ बर्दियाकी ७५ वर्षकि महिलाको निधन भएको हो।











