नेपालगन्ज : बाँकेको भेरी अस्पताल नेपालगन्जमा पिसिआर परिक्षण गरिएको मध्य करिब ५३ प्रतिशतमा कोरोना संक्रमण पुष्टि भएको छ ।
भरी अस्पताल नेपालगन्जमा शनिबार संकलन गरिएको स्वाबको करिब ५३ प्रतिशतको पिसिआर रिपोर्ट पोजेटिभ आएको हो ।
भेरी अस्पताल नेपालगन्जले मंगलबार ११३ जनाको स्वाब परिक्षण गरेकोमा ५९ जनामा कोरोना संक्रमण पुष्टि भएको भेरी अस्पताल नेपालगन्जले जनाएको छ ।
सङ्क्रमित भएकाहरुमध्ये भेरी अस्पतालको कोभिड वार्डमा ५४ जनाको उपचार भैरहेको अस्पतालले जनाएको छ ।
उपचारार्थ कोरोना संक्रमितमध्ये २४ जनाको अवस्था सिकिस्त रहकाे बाँकेका कोरोना फोकल पर्सन तेज ओलीले बताएका छन् ।
ओलीका अनुसार उपचारार्थ ४ जना संक्रमितको भेन्टिलेटरमा राखेर उपचार भइरहेको छ । अन्य २० जनाको पनि आइसियुमा राखेर उपचार भैरहेको भेरी अस्पताल नेपालगन्जका मेसु डा. प्रकाश थापाले बताउनुभएको छ ।
यता दैनिक ५० बढी कोरोना संक्रमित पुष्टि भएको बाँकेमा केही दिन यता दैनिक उपचाररत कोरोना संक्रमितको मृत्यु पनि भैरहेको छ ।
यस्तोमा सरकारले सुरक्षाका मापदण्ड पालना गर्नु पर्ने जस्ता कयौं जानकारी साझा गरे पनि बाँकेमा भने कुनै पनि किसिमको सावधानी अपनाइएको छैन । जसले गर्दा बाँके कोरोनाको हटस्पोट बन्ने पक्का बनेको छ ।
कोरोना संक्रमण चरम अवस्थामा पुग्दा पनि बाँके प्रशासनले कुनै पनि एक्सन लिन नसकेकोमा स्थानिय आक्रोशित समेत बनेका छन् ।












