नेपालगन्ज : बाँकेको राप्तिसोनारी गाउँपालिकाले मनोमानी ढंगले नदिजन्य पदार्थको अमानता खोलेको भन्दै युवा संघ राप्तिसोनारी गाउँपालिकाले बिरोध जनाएको छ ।
युवा संघ नेपाल राप्तिसोनारी गाउँपालिकाका अध्यक्ष समेत रहेका सरोज बिक्रम बिष्ट (समिर), युवा संघ नेपाल बाँकेका नेता समेत रहेका राप्तीसोनारी गाउँपालिकाका स्थानिय नारायण डि.सि. लगायतको युवा संघ नेपालका टोलिले सो को बिरोध जनाउदै ज्ञापन पत्र बुझाएका हुन् ।
बघडेला घाटको ४ करोड ८१ लाखमा खोलिएको ठेक्का ब्यक्तिगत स्वार्थ र आफ्ना कार्यकर्तालाई मनोमानी ढङ्गले राज्यको नीति नियमको खिल्ली उडाएर ४० लाखमा अमानता दिएको र ४ करोड भन्दा बढिको नदिजन्य पदार्थ उत्खनन गरिसकेको र अझै पनि सो कार्य नरोकिएकोले उक्त कार्य रोक्न माग गर्दै ज्ञापन पत्र बुझाएका छन् ।
युवा संघ नेपाल राप्तिसोनारी गाउँपालिका अध्यक्ष सरोज बिक्रम बिष्टले हस्ताक्षर गरेको ज्ञापन पत्रमा अगाडी लेखिएको छ , साथै हाम्रो मागलाई बेवास्ता गरेमा राप्तिसोनारी गाउँपालिका कार्यालयमा तालाबन्दी गरिनेछ ।
राप्तिसोनारी गाउँपालिका वडा नम्बर दुईमा पर्ने बाघडेला घाटमा आवश्यकता भन्दा बढी नदिजन्य पदार्थ उत्खनन भएको र त्यसले वातावरण, नदि र भबिष्यमा वडा नम्बर दुइलाई नै जोखिममा पार्ने भएको हुँदा स्थानिय समेत त्यसकार्यको बिरोधमा रहेको वडा अध्यक्ष मदन ओलिले बताएका छन् । हामिले पहल गर्दा समेत पालिकाले सुनुवाइ गरेन, अध्यक्ष ओलिले बताए ।













